केदार सिग्देलले सार्वजानिक गरे खर्च विवरणः आम्दानी र खर्च बराबर

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ३०

तनहुँ क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार केदार सिग्देलले आफ्नो चुनाबी खर्च विवरण सार्वजानिक गरेका छन् । सिग्देलले शुक्रबार जिल्ला निर्वाचन कार्यालयमा चुनावको आम्दानी र खर्च विवरण बुझाएका छन् ।

सिग्देलले बुझाएको विवरण अनुसार निर्वाचन अवधिभर उनको खर्च १० लाख ९७ हजार २८० रहेको छ । उक्त रकममा १५ दिनकोलागि सवारी साधन प्रयोग वापत ३ लाख, दैनिक भ्रमणको खाना/खाजा वापत २ लाख ३४ हजार ८० रुपैयाँ, प्रतिबद्धता पत्र छपाई वापत ३ लाख १० हजार, व्यानर, कार्ड, स्वस्तिक छाप छपाई वापत १ लाख २५ हजार २ सय, झण्डा छपाई ९५ हजार, कार्यालय सन्चालन स्टेशनरी खर्च वापत १८ हजार र डिजाइन, फोटोकपी र टाईपिङ वापत १५ हजार रुपैयाँ गरि कुल १० लाख ९७ हजार २८० रुपैयाँ खर्च भएको छ । सिग्देलले निर्वाचन अवधिभर मोटरसाईकल ¥याली, गोष्ठि र आमसभा गरेनन् ।

यस्तै सिग्देलले निर्वाचनको लागि प्राप्त भएको आम्दानी पनि निर्वाचन कार्यालयमा बुझाएका छन् । उनका अनुसार इष्टमित्रहरुबाट प्राप्त ५ लाख ३४ हजार ८०, कृषिजन्य बस्तु विक्रीबापत प्राप्त भएको ३ लाख २५ हजार र शुभचिन्तक तथा कार्यकर्ताहरुबाट प्राप्त भएको रकम २ लाख ३८ हजार २ सय रुपैयाँ गरि कुल १० लाख ९७ हजार २८० रुपैयाँ आम्दानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता