चैत ६–१७ सम्म बेलचौतारामा पाँचौ शुक्लागण्डकी महोत्सव हुने

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ३०

चैतको दोस्रो साता पाँचौ शुक्लागण्डकी महोत्सव–२०८२ हुने भएको छ । ‘आर्थिक सामाजिक खेलकँुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण’ भन्ने मुल नाराका साथ चैत ६ देखि १७ गतेसम्म उक्त महोत्सव हुने भएको हो । महोत्सव आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले शनिवार संघको कार्यालय बेलचौतारामा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिइएको हो ।

महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ५० स्टल रहने मुल संयोजक एवम् नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले बताए । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता समावेश गरिएको श्रेष्ठले जानकारी दिए । यसपटक टिकटक र रिल्स प्रतियोगिता समेत आयोजना गरिएको छ । नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सुमन सापकोटा, उपाध्यक्ष प्रेम बहादुर श्रेष्ठ, महासचिव सुजन श्रेष्ठ लगायतले बोलेका थिए ।

महोत्सव शुनपा–५, बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा हुने छ । महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समिति को सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव हुन लागेको हो । महोत्सव उद्घाटनपूर्व विभिन्न संघसंस्था, आमा समुह, जातजातिको सहभागितामा झाँकीसहितको ¥याली निकालिने छ । महोत्सवमा १ सय ७५ स्टल रहने छन् । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ७५ लाख खर्च हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र