व्यास–२ को फेन्सी पसल र टेलरमा आगलागी

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २

व्यास नपा–२ मिनि मार्केट स्थित फेन्सी पसलमा सोमबार बिहान आगलागी हुँदा ठुलो धनमाल क्षती भएको छ ।

सोही ठाउँका अर्जुन श्रेष्ठको घरमा सटर भाडामा लिएका भरत पुराजुलीको अभिरा क्लोथेज होम र लालबाबु अन्सारीद्वारा सञ्चालित सिस्ता टेलर्समा विद्युतको लाईन सर्ट भई आगलागी भएको थियो । आगलागी पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

यसैविच उक्त आगलागीको घटनाको तनहुँ क्षेत्र नम्बर १ का सांसद डा.स्वर्णिम वाग्लेले दुःख व्यक्त गरेका छन् । वाग्लेले सामाजिक सन्जाल मार्फत दमौलीको मिनी मार्केट क्षेत्रमा सोमबार बिहान भएको आगलागीले स्थानीय व्यवसायमा क्षति पुगेको खबरले दुखी वनाएको भन्दै आगो नियन्त्रणमा ल्याउन खटिएका सुरक्षाकर्मी, स्थानीय प्रशासन र सहयोग गर्ने सम्पूर्ण स्थानीयलाई धन्यवाद दिएका छन् ।

क्षतिको यथार्थ विवरण संकलन गरी प्रभावित व्यवसायीलाई शीघ्र राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउन सम्बन्धित निकायसँग अनुरोध गर्दै सांसद वाग्लेले यस्ता घटना दोहोरिन नदिन बजार क्षेत्रमा आगलागी सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनु आवश्यक देखिएको बताएका छन् ।

यसैगरि तनहुँ उद्योग वाणिज्य संघले आगलागीको घटनाप्रति दुख व्यक्त गरेको छ । संघले सोमबार विज्ञप्ति प्रकाशिन गरि फाल्गुन २८ गते विहिबार राती १२ः३० बजे व्यास नगरपालिका–५ मानहुँकोट स्थित पूर्ण बहादुर श्रेष्ठद्वारा सञ्चालित होटल मानुङकोट एण्ड रिसोर्टमा बिजुलीको तार सर्ट भई आगो लाग्दा रिसोर्टको भौतिक तथा आर्थिक रूपमा ठूलो क्षति भएको तथा चैत्र २ गते सोमबार विहान करिव ३ः०० बजे व्यास नगरपालिका–२ मिनि मार्केटमा भरत पराजुलीद्वारा सञ्चालित अभिरा क्लोथेज होम र लालबाबु अन्सारीद्वारा सञ्चालित सिस्ता टेलर्समा बिजुली सर्ट भई आगलागि हुँदा पसल जलेर पूर्ण रूपमा नष्ट भएको घटना प्रति तनहुँ उद्योग वाणिज्य संघ एवं तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार इकाई समिति ले गहिरो दुःख व्यक्त गरेको छ ।

क्षतिको यस विषम परिस्थितिमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई समितिका पूर्व कार्यसमिति सदस्य एवं अभिरा क्लोथेजका सन्चालक भरत पराजुली, मानुङकोट रिसोर्टका संचालक पूर्णबहादुर श्रेष्ठ र सिस्ता टेलर्सका सन्चालक लालबाबु अन्सारी प्रति भावनात्मक सहिष्णुता प्रकट गर्र्दै संघका अध्यक्ष इमकुमार मल्ल, महासचिव शुरेश पुरी तथा दमौली बजार इकाईका सभापती शेषराज श्रेष्ठ र सचिव सुनिता चन्दले विज्ञप्तिमा उक्त आगलागीलाई नियन्त्रणमा लिन सहयोग गर्नुहुने सबैमा कृतज्ञता प्रकट गरेका छन् ।

उक्त आगलागीबाट भएको क्षतिको उचित मूल्याङन गरि शिघ्र क्षतिपूर्तिको लागि नेपाल सरकार लगायत सम्बन्धित सबै निकायसँग आवश्यक रचनात्मक सहयोग प्रदान गरिदिनुहुन पनि विज्ञप्तिमा अनुरोध गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र