भानु नगरपालिकाका शिक्षा अधिकृत पौडेलले लिए स्वेच्छिक अवकास

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २

भानु नगरपालिकाका शिक्षा अधिकृत ध्रुवराज पौडेलले निजामती सेवाबाट स्वेच्छिक अवकाश लिउका छन् । पौडेलले २०८३ बैशाख १ गतेदेखि लागु हुने गरी निजामती सेवाको उपसचिव (अधिकृतस्तर दशौं तह) पदबाट स्वेच्छिक अवकाश लिएका हुन् ।

वि सं २०५१ जेठ १ गतेबाट निजामती सेवामा प्रवेश गरेका पौडेलले ३१ वर्ष ११ महिना सेवा गरे । निजामती सेवामा उनलाईृ सक्षम अधिकृतकोमा लिइन्छ । विशेषगरि शिक्षा प्रशासनको क्षेत्रमा उनी लोकप्रिय र सक्षम मानिन्थे । अवकासमा गएका पौडेललाई भानु नगरपालिकाले बिदाई गरिसकेको छ ।

निजामती सेवाको अवधिमा विभिन्न सुख–दुःख एवं आरोह–अवरोहहरु अनुभूति गर्ने अवसर प्राप्त गरेको पौडेलले बताए । सरकारी सेवामा रहेर हिमाल, पहाड¸ तराई र उपत्यका गरी सबै भौगोलिक क्षेत्रको अनुभवका साथै केन्द्रीय तह¸ क्षेत्रीय÷प्रदेश तह¸ जिल्ला तह र स्थानीय तह गरी सबै तहको कार्यानुभव प्राप्त हुने गरी काम गर्ने अवसर प्राप्त भएको पौडेलले बताए ।

पौडेलले भानु नगरपालिकामा ६३ महिनासम्म शिक्षा अधिकृतको रुपमा सेवा गरेका थिए । बिदाईको अवसरमा पौडेलले भानु नगरपालिकामा कार्यरत सहयोग तथा मार्गनिर्देशन गर्नुहुने हालसम्मका नगर प्रमुख¸ उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, लगायत सबै जनप्रतिनिधिहरु, विभिन्न विषयतगत समितिका संयोजक र सदस्यहरु, भानु नगर शिक्षा समितिका पदाधिकारीहरु, नगरस्तरीय परीक्षा समितिका पदाधिकारीहरु, नगरस्तरीय खेलकुद विकास समितिका पदाधिकारीहरु त्था कर्मचारी, पेशागत संगठनका प्रमुखहरु, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुमा आभार व्यक्त गरे ।

आफ्नो युवावस्थाको सबैभन्दा उर्जाशील समय व्यतीत गरेको निजामती सेवाको यो तीन दशक बेसीको समयावधि आफ्नो जीवनका लागि अत्यन्त महत्वपूर्ण¸ सिकाइयुक्त¸ अविष्मरणीय र चीरस्थायी रहिरहने पौडेलले बताए । यसले आफ्नो भावि जीवनका लागि बलियो आधारशिला समेत निर्माण गरेको भन्दै उनले सरकारी सेवाबाट औपचारिक रुपमा अलग भएपनि आगामी दिनमा सामाजिक जीवनका विभिन्न अध्यायहरुमा विभिन्न माध्यमहरु मार्फत् जोडिइरहने बताए ।

पौडेलको नेतृत्वमा भानु नगरपालिकाले तनहुँ जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गरि लागु समेत गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू