बन्दीपुरमा जलवायु तथा विपद् व्यवस्थापनका लागि नीति पास

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ५

बन्दीपुर गाउँपालिका ले जलवायु परिवर्तन तथा विपद् जोखिम व्यवस्थापनसम्बन्धी नीति तथा रणनीतिक कार्ययोजना पारित भएको छ । विहिबारको कार्यपालिका बैठकले उक्त कार्ययोजना पारित गरेको हो ।

पारित नीतिले स्थानीय स्तरमा बढ्दो जलवायु जोखिमलाई न्यूनीकरण गर्दै सुरक्षित र दिगो विकास सुनिश्चित गर्ने लक्ष्य राखेको गाउँपालिकाले जनाएको छ । नीतिमा जोखिममा रहेका बस्ती तथा पूर्वाधार संरक्षण, जलाधार तथा पानीका स्रोतको दीगो व्यवस्थापन, विपद् पूर्वसूचना प्रणालीको विकास, तथा खाद्य सुरक्षालाई मुख्य प्राथमिकतामा राखिएको छ ।

यसैगरी, वन तथा जलाधार संरक्षण, डढेलो नियन्त्रण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, सरसफाइ तथा फोहोर व्यवस्थापन, साथै जलवायु अनुकूलनका लागि शिक्षा, अनुसन्धान र क्षमता विकासका कार्यक्रमलाई पनि समेटिएको र उक्त नीतिले लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा स्थानीय तहमा वित्तीय साझेदारीलाई समेत जोड दिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

गाउँपालिकाले आगामी दिनहरूमा यही नीतिलाई आधार मानेर बजेट विनियोजन गर्दै योजनाबद्ध रूपमा कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको जनाएको छ ।

घन्टीको हकमा चैं आवश्यक रकम उपलब्ध गराउनेको नाम दाताको रुपमा राख्ने कुरा भएको छ । तर समुह वा एक परिवार भयो भने नाम मिलाएर राख्न सकिन्छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र