व्यास नपाले भुमी बैंक स्थापना गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ६

व्यास नगरपालिकाले भुमी बैंक स्थापना गर्ने भएको छ । नगर कार्यपालिकाको २३३ औं बैठकले बाँकी रहेका जमिनलाई उपयोग गर्ने उद्दश्यले नेपाल सरकारको स्वीकृतीमा भूमी बैंक स्थापना हुन लागेकाले सो सम्बन्धी कार्यविधी २०८२ निर्माण गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले चैत ३० गते नगरपालिकाको ३४ औं स्थापना दिवस मनाउने निर्णय समेत गरेको छ ।

साथै व्यास नगरपालिका अन्तरगतका गरिवी परिवार पहिचान तथा परिचय–पत्र वितरण कार्यक्रमलाई नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सिंहदरवार, काठमाडौंसँग सहकार्य भई तयार गरिएको विवरणलाई प्रकाशित गर्ने र गरिवका परिवार पहिचान तथा परिचय पत्र वितरण निर्देशिका २०७५ (पहिलो संशोधन सहित) वमोजिम परिचय पत्र सम्बन्धमा आएका गुनासोहरुलाई सम्बोधन गर्न उप–प्रमुख ईन्दिरा दरैको अध्यक्षतामा नगर स्तरिय र सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरिय गुनासो सुनुवाई समिति गठन गर्ने निर्णय गरेको जनाइएको छ ।

व्यास नगरपालिकाको आ.व.०८२/०८३ मा प्रक्षेपित कुल रु १,७२५,२०४५००/ (अक्षरुपी एक अरब वहत्तर करोड बाउन्न लाख चार हजार पाँच सय) मध्ये संघ, प्रदेश, राजश्व बाँडफाँड आन्तरिक श्रोतबाट फाल्गुन मसान्त सम्म रु ८४,०३,७८,११०/०४ (अक्षरुपी चौरासी करोड तिन लाख अडहत्तर हजार एक सय दश रुपैया चार पैसा) आय प्राप्त (४८.७१%) रहेको चालु तर्फ (५१.२७%) र पुँजीगत तर्फ (२१.८३%) खर्च भई कुल खर्च (३८.०७%) भएको वैठकमा जानकारी प्राप्त भई पुंजीगत खर्च र योजनाहरु को भौतिक प्रगती तर्फ सम्बन्धित निर्माण व्यवसायी लगाएत जिम्मेवार पक्षलाई ध्यानआकर्षण गराउने निर्णय गरिएको जनाईएको छ ।

बैठकले व्यास नगर प्रज्ञा प्रतिष्ठान सन्चालन कार्यविधी २०८१ संशोधन गर्ने निर्णय गरेको छ । यस्तै व्यास नगरपालिकाको राजश्व सम्भाव्यता अध्ययन, वित्तिय साक्षरता, अध्यावधिक योजना २०८२–२०८६ को अवधारणागत बैठकमा प्रस्तुत भई वित्तिय साक्षरता र आवधिक योजना सम्बन्धमा सवै वडा हरुमा अभिमूखिकरण गर्ने गराउने निर्णय गरिएको जनाईएको छ ।

यसैगरि नगरपालिकाको सुशासन, सेवा प्रवाह र विकास व्यवस्थापनलाई प्रभावकारी वनाउन नगर प्रमुख वैकुण्ठ न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालका वीचमा कार्य सम्पादन सम्झौता समेत सम्पन्न भएको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ९ का वडा अध्यक्ष शुरेश थापाले जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी