चितवनमा परीक्षा दिन गएका दुई विधार्थीको नारायणीमा डुबेर मृत्यु

Devghat Online

शेयर गरौ

चितवन । चैत १५

चितवनमा परीक्षा दिन गएका दुई विधार्थीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । भरतपुर–३ बाह्रघरेचोकस्थित मुनलाइट बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्ने भरतपुर–१६ शरणपुरका अन्दाजी वर्ष १४ का सनम रम्तेल र सोही स्थानका सोहि स्कुलमा ७ कक्षामै पढ्ने अन्दाजी वर्ष १४ को प्रशान्त क्षेत्रीको नारायणी नदीको भङगालोमा डुबेर मृत्यु भएको हो ।

दुई बालकलाइ उद्धार गरी भरतपुर अस्पताल ल्याइएकोमा दिउँसो २ः४० बजेको समयमा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारीले दिए ।

दुवै जना विधार्थी परीक्षा दिन बिहान स्कुल पुगेका थिए । त्यहाँ झोला राखेर कलम किन्न भन्दै दिउँसो १२ः५० बजेको समयमा बाहिर निस्केर पौडी खेल्न नजिकैको नारायणी नदीको भङ्गालोमा पुगेका थिए ।

दिउँसो २ बजेको समयमा विपद व्यवस्थापनको टोलीले उनीहरुको उद्दार गरी अस्पताल पु¥याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रः दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न जोड

​पोखरा । साउन १ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार