महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

Devghat Online

शेयर गरौ

काठमाडौं । चैत १६

नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको मिसिल जिल्ला अदालतले फर्काइदिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले बस्नेतलाई पक्राउ गर्नका लागि अनुमति माग गर्दै मिसिल पेस गरेकोमा काठमाडौँ जिल्ला अदालतबाट अनुमति प्राप्त नभएको एसएसपी रमेश थापाले बताए ।

धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा दायर गरेको निवेदनका आधारमा प्रहरीले अनुमति माग्दै पुनः मिसिल पेस गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार न्यायाधीश ध्रुव कार्कीको बेन्चमा मिसिल पेस हुँदा अनुमति नदिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो