काँग्रेसको देउवा पक्षको बैठकमा तनहुँका भण्डारी, भट्टराई र पराजुली सहभागी

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १७

नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई र आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली पुर्ण बहादुर खड्काको समुहमा खुलेका छन् ।

खड्का समुहले मंगलबार काठमाडौंको धुम्बाराहीमा राखेको देउवा पक्षिय भेलामा केन्द्रीय सदस्यको हैसियतमा भण्डारी, भट्टराई र पराजुली पनि सहभागी भएका हुन् । भट्टराई र भण्डारी काँग्रेसका सभापती गगन थापाको हस्ताक्षरमा तनहुँ क्षेत्र नम्बर १ र २ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदबार बनेका थिए ।

गगन थापालाई सभापति अस्वीकार गर्दै पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक राखेका हुन् । बैठकमा तत्कालीन कार्यसमितिका पदाधिकारीसहित करिब ६० जनाभन्दा धेरै नेताहरू सहभागी छन् ।

भण्डारी, भट्टराई र पराजुली खड्का पक्षमा खुलेपछि नेपाली काँग्रेस तनहुँमा दुई गुट प्रष्ट देखिएको छ । उक्त समुहले आफ्नो पक्षमा बहुमत क्रियाशिल सदस्य रहेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण