शुक्लागण्डकी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ७

शुक्लागण्डकी नगरपालिकाको आर्थिक बर्ष २०८२/०८३ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएकोे छ । शुक्लागण्डकी नगरपालिकाको आयोजना र शुक्लागण्डकी पत्रकार मञ्चको समन्वयमा भएको कार्यक्रममा नगरप्रमुख कृष्णराज पण्डित, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र शाखा प्रमुखहरुले उठेका प्रश्नको जवाफ दिएका थिए ।

सहभागीले सुशासन र पारदर्शीमा जोड दिदै सम्मुनत नगरपालिकाकोालागि साथ रहने बताएका थिए । उनीहरुले विकास निर्माणका कार्य गर्दा गुणस्तरलाई ध्यान दिनुपर्ने, भूमिकर अत्याधिक भएको भन्दै घटाउनुपर्ने, राजमार्गमा दुर्घटना बढ्दै गएकोमा न्यूनिकरणमा पहल गर्नुपर्ने, दुलेगौंडा लिलाचोक सडकको काम चाडो गर्नुपर्ने, सेती नदिको प्रदुषणलाई नियन्त्रण गर्नुपर्ने लगायतका विषय उठान गरेका थिए ।

स्थानीय विष्णु महतले घरबाट निस्किा फोहोरजन्य पानी सिधै नालिमा हालिएकाले दुर्गन्धित बढ्दै गएको, घरको छतबाट निस्कने पानीले सडक बिग्रदै गएको, फुटपाथमा हिड्ने यात्रुको टाउकैमा पानीको मुस्लो पर्ने गरेकोप्रति ध्यानाकर्षण गराउदै कसले समाधान गर्ने हो भनि प्रश्न गरेका थिए । उनले फुटपाथमा मोटरसाईकल पार्किङ र वर्कसप सञ्चालनकै साथै सडक र फुटपाथमै धुने कार्यले भर्खरै निर्माण गरिएका पूर्वाधार कमजोर हुने उल्लेख गरे ।

सहभागी दुर्गा बहादुर महत, महेश्वर भट्टराई, विजय जोशी लगायतले सुधारका काम गर्न कानुनी समस्या र कसैले रोकेको भए प्रष्ट पार्न आग्रह गरे । नगर प्रमुख पण्डितले निर्माणकै चरणमा रहेकाले तत्काल कदम नचालेपनि अब भने यस्ता विषयलाई सम्बोधन गरिने प्रतिवद्धता जनाए ।

शुक्लागण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डितले आफ्ना ४ वर्षको कार्यकालमा धेरै काम भएको, शिक्षा क्षेत्रमा तनहुँमै उत्कृष्ट हुन सफल भएको बताउदै निष्पक्ष रुपमा काम गरेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बेलचौताराको कृषि उपज संकलन केन्द्र सञ्चालनको लागि महिला बहुउदेश्यीय विकास सहकारीलाई जिम्मेवारी दिएको बताए । उनले क्रसर उद्योगको नियमनकालागि कानुन अभावका कारण समस्या परेको जानकारी दिए । कार्यक्रममा पत्रकार मञ्चका सचिव अशोक विश्वकर्माले नागरिक प्रतिवेदन र सञ्चालन सदस्य हरि खरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले