विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघद्वारा प्रभातफेरी

Devghat Online

शेयर गरौ

तनहँ । बैशाख २०

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले आइतबार दमौलीमा प्रभातफेरी आयोजना गरेको छ । व्यास नगरपालिका–३ स्थित अनसन चौतारीबाट सुरु भएको प्रभातफेरी सफा सडक र न्युरोड हुँदै पुनः अनसन चौतारीमै पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै महासंघ तनहुँका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीले विभिन्न चुनौतीका बाबजुद पनि नेपाली प्रेसले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको बताए । यसैगरी, महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले सञ्चारमाध्यममाथि सरकारकै तर्फबाट सिन्डिकेट लगाउने प्रयास भइरहेको आरोप लगाए ।

कार्यक्रममा महासंघ तनहुँका निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारी, ओमकार आचार्य, सल्लाहकार नारायण खड्कालगायत पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ