बुद्धसिंह मार्गको घुमाउने पुलः सडक विभागलाई टेरेन निर्माण कम्पनीले

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २२

१५ दिन भित्र पुल निर्माणको काम सुरु गर्न सडक डिभिजन कार्यालय तनहुँले दिएको निर्देशन बुद्धसिंह मार्गको घुमाउनेको पुलको निर्माण कम्पनी मृत सन्जिवनी निर्माण सेवाले अटेर गरेको छ । सडक डिभिजन दमौलीले १५ दिन भित्र पुल निर्माणको कामलाई निरन्तरता दिन २०८२ चैत १७ गते निर्माण कम्पनीलाई पत्राचार गरेको थियो । उक्त निर्देशनको ३५ दिन भईसक्दा पनि पुल निर्माणको काम सुरु भएको छैन । सडक डिभिजनको निर्देशनलाई निर्माण कम्पनी मृत सन्जिवनी निर्माण कम्पनीले लत्याएको छ ।

उक्त पुलको संशोधित डिजाईन निर्माण कम्पनीले सडक विभागमा पेश गरेको थियो । उक्त संशोधित डिजाईनलाई विभागले विभागले विज्ञको राय अनुसार स्विकृत गरि १५ दिनभित्र काम सुरु गर्न निर्देशन दिएको थियो । तर सडक डिभिजन दमौलीका प्रमुख राजिव श्रेष्ठको निर्देशनलाई निर्माण कम्पनीले कार्यान्वयन गरेको छैन ।

बुद्धसिंह मार्गमा पर्ने तनहुँ र चितवन जोड्ने घुमाउनेको पुल निर्माण सम्पन्न गर्न निर्माण पक्षले कुनै पहल नगरेपछि सडक डिभिजन कार्यालय तनहुँले पुलको ठेक्का तोड्ने प्रक्रिया सुरु गरे पनि पुन निर्माण कम्पनीलाई मौका दिएको थियो । यस अघि २०८० पुस १९ गते सडक डिभिजन तनहुँले निर्माण कम्पनी मृत सन्जिवी निर्माण सेवाको नाममा सार्वजानिक सुचना जारी गर्दै कार्यालयको तर्फबाट पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा समेत निर्माण कार्यको प्रगती अत्यन्तै न्युन देखिएको तथा पेश गरिएका कामको तालिका, माईलस्टोन र कामको क्रमागत प्राथमिकता अनुसार निर्माण कार्य सम्पन्न गर्ने गराउने सम्बन्धमा निर्माण कम्पनीको तर्फबाट कुनै प्रयास नगरेको र तदारुकता समेत नदेखाएकोले सार्वजानिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम ठेक्का अन्त्य गर्ने चेतावनी दिएको थियो । त्यसबेला निर्माण कम्पनीले काम निरन्तरता गर्ने प्रतिबद्धता जनाएपछि उक्त प्रक्रिया रद्ध भएको थियो ।

मृत सञ्जीवनी निर्माण कम्पनी हेटौंडाले पहिलो पटक २०७० असारमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । बारम्बारको म्याद थप हुँदा पनि हालसम्म जम्मा ३० प्रतिशत काम भएको छ । त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भए पनि पछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो । अहिले सम्म त्रिशुलीको वारिपारीका फाउन्डेसन मात्र बनेका छन् । अरु काम हुनै सकेको छैन । पुल १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत ९ करोड ५६ लाख रुपैयाँ छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छ ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा हामी प्रतिबद्धः अध्यक्ष चुमान

तनहुँ । बैशाख २० तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा