देवघाटका पाँच दाजुभाईः ‘मानो छुट्टियो, तर मन छुट्टिएन’

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, बैशाख २२

देवघाट गाउँपालिका–५ स्थित तालवारी टोल विकास अन्तर्गतको झारखानीमा एकै प्रकारको पाँचवटा घर लस्करै रहेको छ । झट्ट हेर्दा कोलोनी जस्तो देखिने उक्त घर कोलोनी भने हैन । स्व.लोक वहादुर आलेका पाँच भाईले एकै ठाउँमा उस्तै स्वरुपका घर निर्माण गरेर उदाहरणीय काम गरेका छन् ।

दाजुभाई विच अंशबन्डा भएर मानो छुट्टिएपनि दाजुभाईको मन नछुट्टियोस् भनेर एकै ठाउँमा एकै प्रकारका घर बनाएर बसेको जेठा दाई इन्द्रबहादुर आलेले बताए । ‘परिवारलाई एउटै धागोमा बाँधेर राख्ने, सम्पत्ति मात्र होइन सम्बन्ध पनि जोगाउनु पर्छ भन्ने उद्देश्यले पाँचै भाईले एकै ठाउँमा एकै खाले घर बनाएर बसेको इन्द्रबहादुरले बताए ।

पाँच दाजुभाईको यस अघिको पुरानो काठको घर पनि एकै ठाउँमा एकै प्रकृतिको रहेको थियो, त्यो पुरानो घरलाई भत्काएर सोही ठाउँमा उस्तै घर बनाएर बसेको माईला केशबहादुर आलेले बताए । जेठा इन्द्रबहादुर, माइला केशबहादुर, साईला कुलवहादुर, काईला देउवहादुर र कान्छा टकवहादुर आलेले उस्तै खर्चमा एकै खाले घर बनाएर मिलेर बसेका छन् ।

आमा बुद्धि माया भने कान्छा भाइको घरमा बस्ने र खाना भने सबै भाईको भान्सामा पालैपालो खाने गरेकी छिन् । साना–साना समस्याहरु आइपर्दा पनि एक अर्कामा सहकार्य गरि समस्या हल गर्दै आएको र दाईले जे निर्णय गर्छन् उही कुरा सबै भाईहरुले मान्ने माइला केशबहादुरले बताए । आफुहरुविच आर्थिक, सामाजिक र भावनात्मक सहकार्य रहेको उनले बताए ।

सानो–सानो कारणले परिवार फुट्ने, दाजुभाई छुट्टिने प्रवृत्ति बढ्दै गएको अवस्थामा आफुहरुको कामले समाजमा सकारात्मक प्रभाव पार्ने कान्छा भाई टकबहादुरले बताए । एउटै आँगनमा बसोबास गर्नु केवल भौतिकरुपमा नजिकिने मात्र मात्र नभई आपसी विश्वास, सहयोग र आत्मीयताको सम्बन्ध पनि मजबुत हुने उनले बताए । उक्त पाँच घरको त्यो एउटै आँगन आज केवल बसोबासको ठाउँ मात्र नभई एकताको पाठशाला समेत बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल