विद्यार्थी कम भएपछि व्यासमा ६ विद्यालय समायोजन

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २३

व्यास नगरपालिकामा विद्यार्थी संख्या कम भएपछि ६ वटा विद्यालय समायोजन हुने भएको छ । व्यास नगरपालिकाको मंगलबार बसेको कार्यपालिकाको बैठकले विद्यार्थी शुन्य एवं न्यून भएका ति विद्यालयहरु पायक पर्ने अन्य विद्यालयमा समायोजन गर्ने निर्णय गरेको हो ।

समायोजन हुने विद्यालयमा व्यास–१ को जनसेविका प्राथमिक विद्यालय, व्यास–५ को मानुङ प्राथमिक विद्यालय, व्यास–७ को वसन्तकाली प्राथमिक विद्यालय, व्यास–८ को कृष्णालय प्राथमिक विद्यालय, व्यास– ८ कै सोमाजन प्राथमिक विद्यालय र व्यास–१२ को जनमिलन प्राथमिक विद्यालय रहेका छन् ।

ति विद्यालयमा सन्चालित बालविकासको कक्षामा भने विद्यार्थी रहेसम्म विद्यालयमा कायम गर्ने र अन्य कक्षा समायोजन एवं कक्षा व्यवस्थापन पायक पर्ने विद्यालयमा गर्ने निर्णय गरेको छ ।

विद्यालय समायोजन एवं कक्षा व्यवस्थापनवाट अन्यत्र विद्यालय स्थानान्तरण गर्नुपर्ने शिक्षक कर्मचारी एवं दरवन्दी मिलान प्रतिवेदन अनुसार शिक्षक व्यवस्थापन गर्न नगर प्रमुख बैकुण्ठ न्यौपानेको संयोजकत्वमा पाँच सदस्यिय समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण