बन्दीपुरमा प्रदेश प्रमुख भट्टको अवलोकन भ्रमण, पर्यटन सम्भावनाबारे छलफल

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २३

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार पर्यटकीय नगरी बन्दीपुरको अवलोकन भ्रमण गरेका छन् । भ्रमणका क्रममा बन्दीपुर गाउँपालिकामा आयोजित औपचारिक कार्यक्रममा बोल्दै उनले बन्दीपुरलाई ‘पहाडकी रानी’ का रूपमा चिनिने आकर्षक तथा सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा प्रशंसा गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुरभित्र रहेका प्रमुख पर्यटकीय स्थलहरू, तिनको संरक्षण तथा प्रवद्र्धनका प्रयास र भावी पर्यटन सम्भावनाबारे विस्तृत जानकारी गराएका थिए ।

उक्त अवसरमा बन्दीपुर चिनाउने वृतचित्रसमेत प्रदर्शन गरिएको थियो, जसले उपस्थित पाहुनाहरूलाई यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटन सम्भावनाबारे थप जानकारी प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले