गण्डकी प्रदेशको संसदीय समितिद्वारा विभिन्न सडकको अवलोकन

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १४

गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिले गण्डकी प्रदेशका विभिन्न सडकहरुको अवलोकन गरेको छ ।

सार्वजनिक लेखा समितिका सभापति सुधिर कुमार पौडेलको नेतृत्वमा गण्डकी प्रदेशका सांसदहरु तथा तनहुँका विभिन्न स्थानीय तहका प्रमुखहरुको उपस्थितीमा उक्त संसदीय समितिले विहिबार श्रृङ्ग मार्ग, कृष्ण मोटरमार्ग र कालीगण्डकी करिडोरको स्थलगत अवलोकन गरेको हो ।

अवलोकन पश्चात भिमाद नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा उक्त तिन सडकको बारेमा छलफल भएको छ । विशेषगरि श्रृङ्ग मार्ग र कृष्ण मोटरमार्गको स्तरोन्नतीमा भएको ढिलाईको बारेमा छलफल भएको थियो ।

कार्यक्रममा सार्वजानिक लेखा समितिका सभापती सुधिरकुमार पौडेल, गण्डकी प्रदेश सभाका सदस्यहरु जीत प्रकाश आले, रेशम जुग्जाली, पन्चराम गुरुङ, शुशिला सिंखडा र निर्मला थापा तथा भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, घिरिङ्ग गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ