देवघाट क्षेत्र विकास समिति लगायत सात समितिका पदाधिकारी पदमुक्त

Devghat Online

शेयर गरौ

देवघाट । जेठ १९

सरकारले देवघाट क्षेत्र विकास समिति लगायत विभिन्न सात समितिका पदाधिकारीलाई पदमुक्त गरेको छ । विकास समिति गठन आदेश संशोधन गरी विगतका सरकारले गरेका नियुक्तिहरूलाई सरकारले पदमुक्त गरेको हो ।

देवघाट क्षेत्र विकास समिति सहित तारागाउँ विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन संग्रालय विकास समिति, बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समिति, हनुमानढोका दरबार विकास समिति र नेपाल पञ्चाङग निर्णायक विकास समितिका पदाधिकारीलाई एकैपटक पदमुक्त गरेको हो । ती विकास समिति पदमुक्त सम्बन्धी आदेशहरू सोमबार राजपत्रमा प्रकाशित गरिएको छ ।

यसअघि सरकारले अध्यादेशमार्फत विगतका राजनीतिक नियुक्तिहरू खारेज गरिसकेको छ । जसमा खुला प्रतिस्पर्धाबाट नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता