केशवटार जाने सडक कालोपत्रे गर्न १५ करोड

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १९

व्यास नगरपालिकाको वडा नम्बर १४ को केशवटार र बन्दीपुर गाउँपालिकाको वडा नम्बर ३ र ६ लाई जोड्ने दमौली केशवटार सुखौरा सडक कालोपत्रे गर्न १५ करोड रुपैयाँ विनियोजन भएको छ ।

आगामी आर्थिक वर्ष ०८३/०८४ मा कार्यान्वयन गर्ने गरि संघीय सरकारको भौतिक पुर्वाधार मन्त्रालय मार्फत उक्त सडक कालोपत्र गर्नको लागि १५ करोड रुपैयाँ विनियोजन भएको राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापती विश्व वास्तोलाले जानकारी दिए ।

‘व्यास नगरपालिका वडा नम्बर १४ र बन्दीपुर गाउँपालिका वडा नम्बर ३ र ६ लाई समेत सेवा पु¥याउने केशवटार मार्ग पिच गर्नका लागि केन्द्र सरकारबाट १५ करोड बजेट विनियोजन भएको जानकारीमा आएको छ’ बास्तोलाले सामाजिक सन्जालमा लेखेका छन् ‘उक्त रकमले केशवटार हुँदै सुखौरा चिसापानी पुलसम्म पक्की सडक निर्माण सम्पन्न हुन सक्दछ, केशवटारबासी लाई हार्दिक बधाई छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले