केशवटार जाने सडक कालोपत्रे गर्न १५ करोड

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १९

व्यास नगरपालिकाको वडा नम्बर १४ को केशवटार र बन्दीपुर गाउँपालिकाको वडा नम्बर ३ र ६ लाई जोड्ने दमौली केशवटार सुखौरा सडक कालोपत्रे गर्न १५ करोड रुपैयाँ विनियोजन भएको छ ।

आगामी आर्थिक वर्ष ०८३/०८४ मा कार्यान्वयन गर्ने गरि संघीय सरकारको भौतिक पुर्वाधार मन्त्रालय मार्फत उक्त सडक कालोपत्र गर्नको लागि १५ करोड रुपैयाँ विनियोजन भएको राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापती विश्व वास्तोलाले जानकारी दिए ।

‘व्यास नगरपालिका वडा नम्बर १४ र बन्दीपुर गाउँपालिका वडा नम्बर ३ र ६ लाई समेत सेवा पु¥याउने केशवटार मार्ग पिच गर्नका लागि केन्द्र सरकारबाट १५ करोड बजेट विनियोजन भएको जानकारीमा आएको छ’ बास्तोलाले सामाजिक सन्जालमा लेखेका छन् ‘उक्त रकमले केशवटार हुँदै सुखौरा चिसापानी पुलसम्म पक्की सडक निर्माण सम्पन्न हुन सक्दछ, केशवटारबासी लाई हार्दिक बधाई छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता