देवघाटमा गण्डकी प्रदेश सरकारको २३ वटा योजना

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार ८

देवघाट गाउँपालिकामा आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष ०८३/०८४ मा २३ वटा योजना कार्यान्वनय हुने भएका छन् । प्रदेशका विभिन्न मन्त्रालय बाट स्वीकृत भएका कार्यक्रमहरु २३ वटा रहेका छन् ।

जसमा पर्यटन तर्फ घण्टाचुली पर्यटन पुर्वाधार निर्माणको लागि १५ लाख, बद्रीनारायण मन्दिर पुर्वाधार निर्माण देबघाट–५ को लागि ५ लाख, सत्यनारायण मन्दिरमा पुर्वाधार निर्माण देबघाट– ५ को लागि १० लाख, भर्जन कालिका मन्दिर देबघाट–५ को लागि ५ लाख रहेको छ । त्यस्तै भु–तथा जलाधार तर्फ उपकारी सेवा पहिरो नियन्त्रण देबघाट–५ को लागि ५ लाख विनियोजन भएको छ ।

भौतिक पुर्वाधार तर्फ शहिदचोक देखि सुर्योदय टोलजाने सडक स्तरोन्नति देबघाट–१ को लागि २५ लाख, थापाचोक देखि साँखिचोक सडक स्तरोन्नति देबघाट–५ को लागि २५ लाख, रेडक्रस मार्ग सडक स्तरोन्नति देबघाट–५ कोलागि २५ लाख र गाइघाट छिपछिपे सानोभञ्ज्याङ सडक स्तरोन्नतिको लागि ५० लाख विनियोजन भएका छन् ।

त्यसैगरि जलश्रोत तथा सिंचाई तर्फ घट्टेखोला घिनाटार सिंचाइ देबघाट–५ को लागि २० लाख, घट्टेखोला सिंचाइ योजना देबघाट–५ को लागि ५ लाख, कौडीन्य ऋषि आश्रम संरक्षण देवघाट–५ को लागि १० लाख, अघोरी आश्रम कटान नियन्त्रण तथा संरक्षण देवघाट–५ को लागि १५ लाख, बगनगैरा बुचाङ्दी सुन्तला सिंचाइ देवघाट–३ को लागि १० लाख, राष्ट्रिय मावि देबघाट–४ को खानेपानीको लागि १० लाख, छिपछिपे स्वास्थ्य चौकि देवघाट–३ को खानेपानीकोलागि १० लाख, पार्वती माबि देवघाट–१ को खानेपानीको लागि १० लाख, आदर्श माबि देवघाट–२ को खानेपानीको लागि १० लाख, अधेँरीखोला खानेपानी योजना देवघाट–३ को लागि १५ लाख विनियोजन भएका छन् ।

त्यस्तै सामाजिक विकास तर्फ नयाँवस्ती खेलमैदान निर्माण देवघाट ५ कोलागि ५ लाख, परमानन्द संस्कृत गुरुकुलको पुर्वाधार निर्माण देवघाट– ५ को लागि २० लाख, नेछेन थर्वालिङ वौद्द गुम्बा स्तरोन्नति देवघाट–५ को लागि ५ लाख र उपकारी बाबा सेवा योग ध्यानकेन्द्र निर्माण देवघाट–५को लागि ५ लाख विनियोजन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय