देवघाट । असार ८
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको भरतपुर–१ ठिमुरा स्थित राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।



उक्त कार्यक्रममा हरेक विद्यार्थीहरुलाई स्कुल ब्याग तथा आवश्यक कपि कलम वितरण गरेको हो । कार्यक्रम संयोजक एवम् सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढका डिपोजिट रिलेसनसीप अफिसर एवम् ग्राहक सम्पर्क अधिकृत प्रदीप चौलागाईंले उक्त कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

कार्यक्रममा बैंकका शाखा प्रबन्धक प्रकाश घिमिरेले कार्यक्रम बारे प्रकाश पार्दै बैंकले यस किसिमका अति बिपन्न परिवारका विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । बैंकको तर्फबाट सहभागिता जनाएकी क्रेडिट इन्चार्ज एवम् ग्राहक सम्पर्क अधिकृत भवानी तिमल्सेनाले बिपन्न समुदायका विद्यार्थीहरुसँग जोडिन पाउँदा खुशी लागेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक ज्योतिनारायण ढकालले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा चेपाङ समुदायका करिब ५ दर्जन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक चौलागाईंले बताए ।












