मन्त्री लम्सालले दिए विवादास्पद अभिव्यक्तिः ‘जनताको काम नगरे मेयर र प्रदेश मन्त्रीलाई पनि कारबाही गर्छौँ’

Devghat Online

शेयर गरौ

तनहुँ । असार २१

काम नगरे ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्ति दिएका पुर्वधार विकास मन्त्री शुनिल लम्सालले तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा आएर फेरी त्यस्तै विवादास्पद अभिव्यक्ति दिएका छन् ।

आइतबार दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुसँगको भेटमा मन्त्री लम्सालले जनताको काममा बेवास्ता गर्ने स्थानीय तहका प्रमुखदेखि प्रदेश सरकारका मन्त्रीसम्मलाई कारबाही गरिने चेतावनी दिएका हुन् ।

‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्, आवश्यक कारबाही गर्छौँ’ मन्त्री लम्सालले भने ‘प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने उहाँमाथि पनि कानुनअनुसार कारबाही हुन्छ ।’ मन्त्री लम्सालले सरकारले काम गर्नेलाई मात्र संरक्षण गर्ने र जनताको हितविपरीत काम गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने बताए ।

उनले स्थानीय तहमा जनताको काम रोक्ने, सेवाग्राहीलाई दुःख दिने वा जिम्मेवारीबाट पन्छिने जनप्रतिनिधिबारे जानकारी गराउन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

सो अवसरमा रास्वपाका कार्यकर्ताहरुले मन्त्री लम्साललाई दुलेगौंडा–हर्कपुर सडक र दुलेगौंडा–लामागाउँ सडक निर्माणमा भएको ढिलाईको बारेमा जानकारी गराएका थिए ।

यस्तै मन्त्री लम्सालले आइतबार नै दमौलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुसँग भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मन्त्री लम्सालले दिए विवादास्पद अभिव्यक्तिः ‘जनताको काम नगरे मेयर र प्रदेश मन्त्रीलाई पनि कारबाही गर्छौँ’

तनहुँ । असार २१ काम नगरे ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्ति दिएका पुर्वधार विकास मन्त्री शुनिल

घिरिङले कृषि यान्त्रिकरणको कार्यक्रम सन्चालन गर्ने, सोमबार कृषि उपकरण वितरण गरिने

तनहुँ । असार २१ घिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित