तनहुँका दिपेन्द्रको ‘म पल्टनमा सानु’ गीत सार्वजनिक

Devghat Online

शेयर गरौ

तनहुँ । असार २३

साङ्गीतिक क्षेत्रमा निरन्तरताले मात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गायक दिपेन्द्र खत्री । यसअघि एक–दुई गीत गाए पनि व्यावसायिक सफलता हासिल गर्न नसकेका उनले अहिले ‘म पल्टनमा सानु’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।

नेपाली सेना र प्रहरी परिवारको भावनात्मक कथालाई समेटेर तयार गरिएको उक्त गीत अहिले दर्शक तथा स्रोतामाझ लोकप्रिय बन्दै गएको छ । मन छुने शब्द, वास्तविकतासँग नजिकको कथा र नेपाली परिवेश झल्किने शैलीमा सिर्जना गरिएको यो गीतको शब्द तथा सिर्जना स्वयं खत्रीकै हो ।

प्रत्यक्ष दोहोरी गायनमा परिचित गायिका आशा बिसीसँग मिलेर उनले गीतमा स्वर दिएका छन् । यही गीतमार्फत आफूलाई दर्शक तथा स्रोताले थप चिन्ने विश्वास उनले व्यक्त गरेका छन् । गीत सुन्दै जाँदा एकपछि अर्को जवाफ के आउला भन्ने कौतुहलता जगाउने शैलीले यसलाई अझ आकर्षक बनाएको छ ।

तनहुँको खैरेनीटार निवासी गायक खत्री लामो समय नेपाली सेनामा कार्यरत थिए । सेवाबाट अवकाशपछि उनी पूर्ण रूपमा साङ्गीतिक क्षेत्रमा सक्रिय बन्ने तयारीमा छन् । ‘म पल्टनमा सानु’ गीतले उनको आगामी साङ्गीतिक यात्रालाई कति उचाइमा पु¥याउनेछ, त्यो भने समयले देखाउनेछ ।

तनहुँ र कास्कीका रमणीय स्थानमा छायाङ्कन गरिएको यस गीतको म्युजिक भिडियो रियल पिक्चर इन्टरटेनमेन्ट र देउराली इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो