व्यासको नगरसभाले पारित गर्यो आर्थिक बिधेयक

Devghat Online

शेयर गरौ

तनहुँ । असार २७

व्यास नगरपालिकाको शनिबार सम्पन्न नगरसभाको बैठकले आगामी आर्थिक वर्षको आर्थिक बिधेयक पारित गरेको छ । गत असार १० गते सुरु भएको ४५ औं नगरसभाको दोश्रो बैठकले आगामी आर्थिक वर्षकोलागि विनियोजित १ अर्व ५५ करोड ३० लाख १ हजार रुपैयाँको आर्थिक बिधेयक पारित गरेको हो ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको दोस्रो बैठकले बजेट कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक पातिर र अन्य विभिन्न निर्णयहरु गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।

नगर सभाको बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नगर उप–प्रमुख इन्दिरा दरैबाट प्रस्तावित राजश्व र व्ययको अनुमान (बजेट) संशोधन सहित कुल १ अर्व ५५ करोड ३० लाख १ हजारको वजेट पारित गरेको हो । उक्त बजेटमा चालुतर्फ १ अर्व २ करोड ३७ लाख ६२ हजार र पुंजीगततर्फ ५२ करोड ९२ लाख ३९ हजार रुपैयाँ खर्च गर्ने गरी प्रवन्ध गरिएको छ ।

त्यस्तै नगरसभाको बैठकले उप–प्रमुख इन्दिरा दरैबाट प्रस्तुत न्यायिक समिति प्रतिवेदन, प्रवक्ता एवं वडा अध्यक्ष सुरेश थापाबाट प्रस्तुत पूर्वाधार विकास समितिको प्रतिवेदन–२०८३ र अनुगमन समितिको प्रतिवेदन–२०८३, कार्यपालिका सदस्य चन्द्रमाया परियारबाट प्रस्तुत सामाजिक विकास समिति प्रतिवेदन–२०८३, वडा नम्बर १० का अध्यक्ष खेमराज पोखे्रलबाट प्रस्तुत आर्थिक विकास समितिको प्रतिवेदन–२०८३, वडा नम्बर ११ का वडा अध्यक्ष दल बहादुर दुराबाट प्रस्तुत सार्वजनिक सेवा तथा सुशासन समितिको प्रतिवेदन–२०८३, कार्यपालिका सदस्य रनसिंह नेपालीबाट प्रस्तुत वन वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन–२०८३, युवा तथा खेलकुद विकास समितिका संयोजक एवं वडा नम्बर ६ का वडा अध्यक्ष जीवन कुमार गुरुङबाट प्रस्तुत युवा तथा खेलकुद गतिविधिको प्रतिवेदन, विधायन समितिका संयोजक एवं वडा नम्बर १ का अध्यक्ष रमेशचन्द्र हड्खलेबाट प्रस्तुत विधायन समितिको प्रतिवेदन, लेखा समिति संयोजक गौ कुमारी न्यौपानेबाट प्रस्तुत लेखा समितिको प्रतिवेदन उपर छलफल गरी संशोधन सहित पारित गर्ने निर्णय गरिएको छ । साथै पारित प्रतिवेदनहरु रातो किताबमा प्रकाशन गर्न समेत निर्देशन दिइएको जनाईएको छ ।

बजेट कार्यक्रम एवं विभिन्न विधेयक उपर नगरसभा सदस्यहरु दुर्गा बहादुर आले, दधिराज घिमिरे, विष्णु कुमार श्रेष्ठ (हिमाल), हर्क वहादुर कार्की, गौ कुमारी न्यौपाने, चेत वहादुर दरै, सुन्दर वाग्ले, सुनिता सुनार, रफत साना मिया, श्री मधु माया विक, ढाल प्रसाद घिमिरे, मनिजङ्ग बस्नेत, राधा विक, सरोज भण्डारी र कमला विकले छलफलमा भाग लिई विभिन्न सुझावहरु राखेका थिए ।

यस्तै नगरसभाले व्यास नगरपालिकालाई ‘छुवाछत मुक्त नगरपालिका’ घोषणा गरिएको हुँदा उक्त घोषणालाई पालना गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गरिएको छ । साथै छुवाछुतको घटना घटेमा पिडितका तर्फबाट कानुनी उपचारको दायित्व नगरपालिकाले लिने समेत निर्णय गरेको छ ।

साथै नगरसभाले महिलाहरु र अपाङ्गता क्षेत्रका (क, ख र ग वर्गका) व्यक्तिहरुका नाममा घर नक्सा पास गर्न आएमा लाग्ने दस्तुरमा १० प्रतिशत छुट दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको