अवैध रुपमा प्रकृतिक श्रोत साधन उत्खननमा संलग्न सवारी साधन नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । असार २७

तनहुँ प्रहरीले अवैध रुपमा प्रकृतिक श्रोत साधन उत्खननमा संलग्न सवारी साधन नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ मातहतको इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले टोलीले शुक्रबार बन्दीपुर गाउँपालिका–५ ढाडगाँउ स्थित बन्दीपुर–धरमपानी भित्री सडक खण्डमा अवैध रुपमा ढुङ्गा उत्खननमा संलग्न १ वटा जेसिभि र १ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका दुबै सवारी साधनलाई आवश्यक कारवाहीको लागी बन्दीपुर गाँउपालिकाको कार्यालय पठाइएकोमा गाउँपालिकाले जेसिभिलाई २० हजार रुपैयाँ र ट्याक्टरलाई १२ हजार रुपैयाँ गरि ३२ हजार रुपैयाँ जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय