देवघाट गाउँपालिकाको वित्तिय प्रगति ८०.९८ प्रतिशत

Devghat Online

शेयर गरौ

देवघाट । असार २७

देवघाट गाउँपालिकाले चालु आर्थिक वर्षमा ८०.९८ प्रतिशत वित्तिय प्रगति गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युब्न खड्काका अनुसार देवघाट गाउँपालिकामा चालु आर्थिक वर्षमा ५३ करोड ७३ लाख ९२ हजार ८७२ रुपैयाँको बजेट कार्यान्वयन भईरहेकोमा कुल बजेटको ८०।९८ अर्थात ४३ करोड ५२ लाख १९ हजार १८२ रुपैयाँ वित्तिय प्रगति भएको छ ।

जसमा चालु तर्फ ३२ करोड ६६ लाख ५७ हजार ५०४ रुपैयाँ विनियोजन भएकोमा ९२।३२ प्रतशित अर्थात ३० करोड १५ लाख ६५ हजार ३६२ रुपैयाँ र पुँजिगत तर्फ २१ करोड ७ लाख ३५ हजार ३६८ रुपैयाँ विनियोजन भएकोमा ६३।४२ प्रतिशत अर्थात १३ करोड ३६ लाख ५३ हजार ८२७ रुपैयाँ वित्तिय प्रगति भएको छ । चालु आर्थिक वर्षको अन्तसम्ममा गाउँपालिकाको कुल बेरुजु ४ करोड २९ लाख ६० हजार रुपैयाँ रहेको र उक्त बेरुजु फछ्र्यौटको प्रक्रियामा रहेको छ ।

त्यस्तै आन्तरिक आय तर्फ वडा नम्बर १ बाट ५ लाख ४१ हजार ४६ रुपैयाँ, वडा नम्बर २ बाट १० लाख ९१ हजार ७५२ रुपैयाँ, वडा नम्बर ३ बाट ९ लाख ८६ हजार ८६८ रुपैयाँ, वडा नम्बर ४ बाट २ लाख ८४ हजार ८७५ रुपैयाँ र वडा नम्बर ५ बाट १७ लाख ८७ हजार ४७७ रुपैयाँ र देवघाट गाउँपालिका ल्यावबाट ६३ लाख ३० हजार ३५४ गरि १ करोड १० लाख २२ हजार ३७४ रुपैयाँ रहेको छ ।

त्यसैगरि दहत्तर बहत्तर अन्तर्गत विभिन्न नदीका घाटहरुबाट २ करोड १७ लाख ४१ हजार ६०३ रुपैयाँ आन्तरिक आम्दानी संकलन भएको छ । जसमा कालीगण्डकी नदी साँढेबगरबाट ७६ लाख ८ हजार ९४७ रुपैयाँ, कालीगण्डकी नदी कालीभतेरीबाट ५६ लाख ४१ हजार ३७० रुपैयाँ, त्रिशुली नदी सेती भतेरीघाटबाट ७५ लाख ३० हजार २८५ रुपैयाँ र त्रिशुली नदी भुवनटारघाटबाट ९ लाख ६१ हजार रुपैयाँ संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय