चुँदीमा भव्य रुपमा मनाईयो २१३ औं भानु जयन्ती

Devghat Online

शेयर गरौ

तनहुँ । असार २९

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्म जयन्तीको शुभ अवसरमा भानु नगरपालिका तथा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा भानु नगरपालिका–४, चूँदीरम्घामा विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
यसै अवसरमा विहान ७ः३० मा भानु–४, चूँदी रम्घाको डाँडामा रहेको भानुभक्तको प्रतिमामा श्रद्धाञ्जली अर्पण गरि प्रभात फेरी कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, स्थानीयवासी, विद्यालयका विद्यार्थीहरू, संघ–संस्था, नेपाली सेना, शसस्त्र प्रहरी वल र नेपाल प्रहरीको सहभागिता रहेको थियो ।

त्यस्तै भानुभक्त जन्मस्थल विकास समितिको प्राङ्गणमा आयोजित भानु जयन्ती मुल समारोहको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । भानु नगरपालिकाका प्रमुख एवम् आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका निर्देशक आनन्दराज त्रिपाठीको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

सो कार्यक्रममा आदिकवि भानुभक्त आचार्यका पनाती हरिनाथ आचार्य, तनहुँ क्षेत्र नम्बर २ का सांसद ई.श्रीराम न्यौपाने, गण्डकी प्रदेश सभाका सांसद अशोककुमार श्रेष्ठ, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति डा.कुष्माकार न्यौपाने लगायतले भानु जन्मस्थलको विकासको लागि स्थानीय, प्रदेश र संघीय सरकारको हातेमालो समेत आवश्यक रहेको बताएका थिए ।

यसैविच भानुजयन्ती समारोहको अवसरमा भानु नपा–४,चूँदी स्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको प्राङ्गणमा बालेन समूह, कुमाल समाज, गन्धर्व समाज तथा अन्य समूह र एकल प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।

यस्तै भानु जयन्तीकै अवसरमा असार २८ गते आयोजित खुल्ला कविता तथा रामायण वाचन प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गरेका सहभागीलाई पुरस्कृत गरीएको थियो ।

त्यसैगरि राष्ट्रिय परिक्षा बोर्डद्वारा सन्चालित कक्षा १२ को परिक्षामा पेन्टागन ईन्टरनेशनल कलेजबाट विज्ञान संकायतर्फ ३.९६ जिपिए सहित नेपालकै उत्कृष्ट नतिजा हासिल गरी भानु नगरपालिकाको गौरव अभिवृद्धि गर्नुभएकोमा भानु नपा–२ नारेश्वटार निवासी होमराज शारदा शिक्षा सदन माविका पूर्व छात्रा रञ्जिता क्षेत्रीलाई सम्मान गरिएको थियो । रञ्जिताले एसइई परिक्षामा तनहूँ जिल्लामा सर्वाधिक ४ जिपिए प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय