निरन्तर वर्षाले भत्कीयो भर्जन कालिका मन्दिरको धर्मशालाको पर्खाल

Devghat Online

शेयर गरौ

देवघाट । असार ३१

हालैको अबिरल बर्षाले देवघाट गाउँपालिका वडा नम्बर ५ कालिमाटी स्थित भर्जन कालिका मन्दीरको धर्मशालाको पर्खाल भत्किएको छ । गत असार २८ र २९ गते लगातार परेको वर्षाको कारण धर्मशालाको पर्खाल (गारो) र बार भत्कीँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले जानकारी दिए ।

‘यो केवल पर्खाल भत्किएको होइन, यो त गाउँलेहरूले एक–एक रुपैयाँ बचाएर, घाम–पानी, भोक–प्यास नभनी दिनरात खटेर जोडेको सपना भत्किएको हो’ अध्यक्ष न्यौपानेले भने । उनका अनुसार मन्दिर निर्माणको सुरुदेखि अन्तिम चरणसम्म आइपुग्न ठूलो संघर्ष गर्नुपरेको थियो । न्यौपानेले भने ‘मन्दीर निर्माणमा कुनै ठूलो स्रोत थिएन, थियो त केवल श्रद्धा, समुदायको एकता र सेवाभाव ।’

तर प्रकृतिको एक झट्काले त्यो सबै मेहनतमाथि गहिरो चोट पु¥याएको छ । अहिले धर्मशालाको भग्नावशेषले समुदायको दुःख, निराशा र पुनः उठ्नुपर्ने चुनौतीलाई मौन भएर बयान गरिरहेको छ । मन्दिर व्यवस्थापन समितिले पुनर्निर्माणका लागि स्थानीय सरकार, सम्बन्धित निकाय, दातृ संस्था तथा सहयोगी मनहरूलाई साथ दिन आग्रह गरेको छ । समुदायको अथक परिश्रमले उभिएको यो धार्मिक सम्पदालाई फेरि उही गौरवका साथ उभ्याउन सबैको हातेमालो आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय