एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

Devghat Online

शेयर गरौ

देवघाट । साउन १७

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा परीक्षामा संस्कृत तर्फ नेपाल प्रथम हुने देवघाटस्थित महेश संस्कृत गुरुकुलका आयुष रिमाल र आयुष आचार्यलाई यसवर्षको विनाजा पुरस्कार प्रदान गरिएको छ ।

संस्कृत भाषाका छात्रहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित ‘विनाजा पुरस्कार’ कक्षा १२ को परीक्षामा नेपाल प्रथम हुने आयुष रिमाल र आयुष आचार्यलाई संयुक्त रुपमा प्रदान गरिएको हो । उक्त पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।

आइतबार गुरुकुलमा आयोजित कार्यक्रममा महेश संस्कृत गुरुकुलका पिठाधश रमणानन्द गिरीजी महाराज र पुरस्कारका संस्थापकको तर्फबाट उक्त पुरस्कार रिमाल र आचार्यलाई प्रदान गरेका थिए । गुरुकुल परिवारले सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल छात्रद्वयलाई बधाई ज्ञापन गर्दै आगामी शैक्षिक समुन्नति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ । साथै, संस्कृत सेवामा निरन्तर समर्पित रहँदै यो प्रोत्साहन पुरस्कार स्थापना गर्नुभएकोमा पुरस्कारका संस्थापक सुभाष चन्द्र जाजोदियाप्रति गुरुकुल परिवारले हार्दिक साधुवाद एवं आभार प्रकट गरेको छ ।

संस्कृत शिक्षाको संरक्षण, सम्बर्धन र विकासमा योगदान पु¥याउँदै आएको देवघाटस्थित महेश संस्कृत गुरुकुल राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ संस्कृत तर्फ देशकै सर्वोत्कृष्ट बनेको थियो ।

गुरुकुलबाट सहभागी भएका कुल १९ जना परीक्षार्थीमध्ये आयुष रिमाल र आयुष आचार्यले समान ३.९१ जिपिए ल्याएर नेपालभरिमै सर्वोत्कृष्ट अङ्क हासिल गरेका थिए । उक्त गुरुकुलका १० जना छात्रले ३.६० भन्दा माथि जिपिए र ९ जना छात्रले ३.४३ भन्दा माथि जिपिए प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता