सन्चारमाध्यम र जनदबाबपछि २४ घण्टैभित्र उठ्यो देवघाटको महिनौँदेखिको फोहोर

Devghat Online

शेयर गरौ

देवघाट । साउन १७

नियमित शुल्क बुझाउँदा पनि लामो समयदेखि थुप्रिएर रहेको देवघाट गाउँपालिका वडा नम्बर ५ को विभिन्न टोलका फोहोरमैला २४ घण्टाभित्रै व्यवस्थापन भएको छ । स्थानीयवासीको निरन्तरको ध्यानाकर्षण र सञ्चारमाध्यमको चासोपछि सम्बन्धित निकायले सक्रियता देखाउँदै फोहोर उठाएको हो ।

नियमपूर्वक सरसफाइ दस्तुर बुझाउँदै आए पनि फोहोरमैला व्यवस्थापन चुस्त नभएपछि स्थानीयवासीले आक्रोश र ध्यानाकर्षण गराएका थिए । उक्त जनगुनासोलाई देवघाटबाट सन्चालन हुने ‘देवघाट अनलाइन’ र दमौलीबाट प्रकाशन हुने ‘लोकवाणी दैनिक’ ले उच्च प्राथमिकताका साथ समाचार प्रकाशित गरेर ध्यानाकर्षण गराउन मद्दत गरेको थियो । समाचार प्रभावकै कारण निकाय जुर्मुराउँदै २४ घण्टा नबित्दै फोहोर उठाउन टोली खटाएको स्थानीय अगुवा प्रदिप चौलागाँईले बताए ।

महिनौदेखी थुप्रिएको फोहोर उठेपछि खुसी व्यक्त गर्दै चौलागाँई लगायत स्थानीयहरुले सम्बन्धित निकायलाई धन्यवाद दिएका छन् । उनीहरूले जिम्मेवार निकायले काम नगर्दा खबरदारी गर्ने र काम गरेपछि धन्यवाद दिने नागरिकको दायित्व भएको बताएका छन् ।

‘हामीले महिनौँ कु¥यौं, नियमअनुसार दस्तुर पनि तिरिरह्यौँ, तर काम नभएपछि खबरदारी गर्न बाध्य भयौँ’ चौलागाईले भने ‘सम्बन्धित निकायले नियमित रूपमा आफ्नो कार्य गरिदिने हो भने कसैको पनि गुनासो आउँदैन, आगामी दिनमा पनि जिम्मेवार ढङ्गले काम भयो भने हामी सधैँ आभारी रहनेछौँ ।’ चौलागाँईले सकारात्मक र रचनात्मक सहयोगका लागि आफूहरू सधैँ तत्पर रहेको स्पष्ट पारेका छन् ।

लामो समयदेखिको फोहोर उठाएर आफ्नो जिम्मेवारी पूरा गरेकोमा सम्बन्धित निकायलाई र स्थानीयको मर्मलाई उजागर गरी ध्यानाकर्षण गराउन सहयोग गरेकोमा सन्चारमाध्यमलाई स्थानीयहरूले धन्यवाद दिएका छन् ।

महिनौदेखी थुप्रिएको फोहोर नउठाईएपछि दुर्गन्ध बढेको र त्यसले नागरिकहरुमा समस्या पारेको विषयमा चौलागाँईले शनिबार सामाजिक सन्जाल मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय