दुलेगौंडामा डेंगु नियन्त्रण तथा सरसफाई अभियान सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १७

शुक्लागण्डकी नगरपालिका–४ का विभिन्न टोलहरूमा डेंगु सङ्क्रमण जोखिम न्यूनीकरणका लागि ‘खोजी र नष्ट गर’ तथा सरसफाइ अभियान आइतबार सम्पन्न भएको छ । खैरेनीटार स्वास्थ्य चौकीको आयोजनामा आइतबार गाछेपानी, जागृति, शुक्लाभित्र बजार लगायतका टोल विकास संस्थाहरूको क्षेत्रमा उक्त जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रम अन्तर्गत समुदायको प्रत्यक्ष सहभागितामा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गरिएको थियो । स्थानीयका घरपरिसरमा पानी जम्ने ठाउँ, पुराना टायर, रित्ता भाँडाकुँडा र लामखुट्टे हुर्किन सक्ने सम्भावित स्थानहरूको सरसफाइ गरिएको स्वास्थ्य चौकीले जनाएको छ ।

अभियानका क्रममा घरदैलो कार्यक्रम गरी स्थानीय बासिन्दालाई डेंगुबाट बच्ने उपायबारे सचेत गराइएको थियो । पानी जम्न नदिने, घरवरपर सफा राख्ने र डेंगुका लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी सिग्देलले बताईन् ।

उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरू, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा स्थानीय सर्वसाधारणको को उल्लेखनीय सहभागिता रहेको थियो । विशेष गरी समुदायमा जनचेतना फैलाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूले नेतृत्वदायी भूमिका खेलेको स्वास्थ्य चौकीले जनाएको छ ।

पश्चिमाञ्चल प्राविधिक शिक्षालयको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रमका सहभागीहरूले डेंगु नियन्त्रणका लागि नियमित सरसफाइ र सामुदायिक सचेतना नै मुख्य साँचो भएकोमा जोड दिएका छन् । स्वास्थ्यकर्मीहरूले आगामी दिनमा पनि यस्ता रोकथाम तथा जनचेतनामूलक अभियानलाई निरन्तरता दिइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता