प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

युरोप । साउन २४

यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली मञ्च (ओएनएफ) राष्ट्रिय कमिटी बेल्जियमको आयोजनामा स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङ, केन्द्रीय कमिटी सदस्य एवं पूर्वमन्त्री भगवती न्यौपाने, केन्द्रीय सल्लाहाकार विनोद ढकाल, बुद्धिजीवी परिषद्की उपाध्यक्ष राधा ढकाल तथा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य कृष्णा श्रेष्ठको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित नेताहरूलाई मञ्चका तर्फबाट हार्दिक स्वागत तथा सम्मान व्यक्त गरिएको थियो । सो अवसरमा नेपालको समसामयिक राजनीति, समृद्धिको यात्रामा प्रवासी नेपालीहरूको भूमिका र सङ्गठन सुदृढीकरणका विविध विषयमा गहन अन्तरक्रिया तथा विचार विमर्श भएको थियो ।

विदेशमा रहेर पनि नेपाली समुदायलाई एकीकृत गर्दै वैचारिक र सामाजिक रूपमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै नेताहरूले प्रवासी नेपाली मञ्च बेल्जियमको कार्यको उच्च प्रशंसा गरेका थिए । कार्यक्रम सफलताका साथ सम्पन्न गराउन योगदान पु¥याउने प्रवासी नेपाली मञ्च बेल्जियम तथा सम्पूर्ण सहभागीहरूप्रति आयोजक तथा उपस्थित नेताहरूले धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले