देवघाटमा माघे सक्रान्ती मेला नहुने

Devghat Online

शेयर गरौ

२२ पुस, देवघाट
तनहूँको प्रसिद्ध देवघाटधाममा प्रत्येक वर्ष माघे संक्रान्तीमा हुने मकर सक्रान्ती मेला यस वर्ष नहुने भएको छ । परापुर्वकालदेखी हुँदै आएको मकर सक्रान्ती मेला यस वर्ष नहुने देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

अहिलेपनि कोभिड–१९ को जोखिम कायमै रहेको कारण मकर सक्रान्ती मेला आयोजना नगर्ने निर्णय भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । केही दिन अघि बसेको क्षेत्र विकास समिति, तनहुँ, चितवन र नवलपुर जिल्लाका सुरक्षा निकायका प्रमुख र स्थानीय तहका प्रमुखहरुको संयुक्त बैठकले तनहुँ, चितवन र नवलपुरको संगम देवघाटधाममा मकर सक्रान्ती मेला नगर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक धिरनवावु घिमिरे बताए ।

मकर सक्रान्तीको अवसरमा देवघाटमा हुने मेलालाई नेपालकै सबैभन्दा महत्वपुर्ण मेला मानिन्थ्यो । उक्त मेलामा सहभागी हुन नेपाल र भारतका पाँच लाख भन्दा बढि भक्तजन देवघाट आउँथे । मेलाको अवसरमा देवघाटमा एक साता अघिदेखी महोत्सवमय वातावरण हुन्थ्यो । तर यस वर्ष कोभिडको जोखिम कायमै रहेको भन्दै देवघाटको मेला स्थगित गरिएको हो ।

मेला स्थगित हुँदा देवघाटबासीहरु निराश भएका छन् । सत्तापक्ष तथा विपक्षी राजनीतिक दलहरुले राजनीतिक कार्यक्रममा दैनिक हजारौं जनाको जुलुस प्रर्दशन गर्न सरकारले छुट दिएको छ । देशैभरीका विद्यालय, फिल्म हल, पार्टी प्यालेस र मनोरन्जन स्थल, यातयात तथा पर्यटन क्षेत्रहरु सरकारले खुला गरिसकेको अवस्थामा धार्मिक आस्थाको रुपमा मनाईने मकर सक्रान्ती, एकादशी तथा सतविज छर्ने मेलाहरुमा भने रोक लगाईएको छ ।

हिन्दुधर्मावलम्बीको धार्मिक आस्थाको रुपमा मनाईने मकर सक्रान्ती मेला भर्न नपाउँदा भक्तजनहरु निराश बनेका छन् । देवघाट क्षेत्र विकास समितिको निर्णय पछि देवघाटबासीहरुले चिन्ता समेत व्यक्त गरेका छन् । मेलामा व्यापार व्यवसाय गरेर महिनौ गुजारा टार्ने नागरिकहरु पनि प्रतक्ष्यरुपमा प्रभावित हुने भए ।

मेलाको अवसरमा विभिन्न कार्य गरेर आर्थिक उपार्जन गर्ने सामाजिक संघ सस्थाहरु पनि चिन्तित भएका छन् । उनीहरु सबैको माग छ, –‘कोरोनाको जोखिम कम हुँदै गएको यो अवस्थामा माघे सक्रान्ती मेलामा रोक नलगाईयोस् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो