देवघाटको सातौं गाउँ सभा सम्पन्न

Devghat Online

शेयर गरौ

कृषि र पर्यटनको माध्यमबाट देवघाटलाई समृद्ध बनाउन सकिने
२६ पुस, देवघाट
देवघाट गाउँपालिकाको सातौं गाउँ सभा आईतबार सम्पन्न भयो । गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाको अध्यक्षतामा सम्पन्न सो सभामा बोल्दै अध्यक्ष थापाले देवघाटलाई समृद्ध बनाउन गाउँपालिकाले निर्धारण गरेको नीति तथा कार्यक्रमको सफल कार्यान्वयन हुनु पर्ने बताए ।

कृषि र पर्यटन मार्फत देवघाटलाई समृद्ध बनाउन सकिने भन्दै अध्यक्ष थापाले सबै गाउँपालिकाबासीको सहयोग र समन्वय आवश्यक भएको बताए । सो कार्यक्रममा उपाध्यक्ष विमला थापाले गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को साउन देखी पुस मसान्तसम्म भएका मुख्य क्रियाकलापहरु प्रस्तुत गरेकी थिईन् ।

साउन देखी पौष मसान्तसम्म देवघाट स्वास्थ्य चौकीको स्तरोन्नती भई १० शैयाको आधारभुत अस्पताल भवन निर्माण शिलान्यास भएको छ । सो भवको डिपिआर भई टेन्डर प्रक्रिया मार्फत काम अगाडी बढेको छ । त्यस्तै कोभिड–१९ को व्यवस्थापन कार्यमा तनहँु जिल्लामा उत्कृष्ट घोषित भएको गाउँपालिकाले जनाएको छ ।

यो अवधिमा वडा नम्बर ४ को कार्यालय भवन निर्माण सम्पन्न भएको र वडा नम्बर २ को निर्माण कार्य भईरहेको जनाईएको छ । कोटा स्वास्थ्य चौकी भवन निर्माण कार्य अन्तिम चरणमा रहेको छ । त्यस्तै गाउँपालिका भित्रका सम्पुर्ण सडकहरुको स्तरोन्नती भई पुर्णरुपमा यातयात सन्चालन भईरहेको जनाईएको छ ।

त्यसैगरि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आवमा २० वटा योजना स्विकृत भई १६ वटा कार्यान्वयन भईरहेको गाउँपालिकाले जनाएको छ । त्यस्तै चालु आ.वमा वडा स्तरबाट नै योजना सम्झौता भई १ सय ७४ वटा योजना मध्ये १ सय १० वटा योजना कार्यान्वनयको चरणमा रहेको छ ।

गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटा, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङ, वडा नम्बर १ का अध्यक्ष भिम गुरुङ, वडा नम्बर ४ का अध्यक्ष पदमबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा गाउँ सभाका सदस्यहरुले विभिन्न सुझाव तथा जिज्ञासाहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी