माघे संक्रान्तीमा मेला र भिडभाड नगर्न देवघाट गाउँपालिकाको अनुरोध

Devghat Online

शेयर गरौ

२८ पुस, देवघाट
देवघाट गाउँपालिकाले माघे संक्रान्तीमा मेला, भिडभाड र व्यवसाय जन्य क्रियाकलाप नगर्न सर्वसाधरणलाई अनुरोध गरेको छ । गाउँपालिकाले मंगलबार विज्ञप्ति प्रकाशित गरि हिन्दुहरुको महत्वपुर्ण पर्व माघे सक्रान्तीमा देवघाट गाउँपालिका अन्तर्गत रहेको पवित्र तिर्थस्थल देवघाटधाममा सनातनदेखी चली आएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मकर सक्रान्ती मेलामा हजारौं तिर्थयात्रीहरु भेला हुने गरेको जनाईएको छ ।

मकर सक्रान्ती मेलालाई लक्षित गरि व्यक्तिहरुको भिडभाड बढ्न सक्ने अवस्थालाई दृष्टिगत गरि टहरा तथा स्टल राखी व्यापार व्यवसाय सन्चालन गर्ने अवस्था देखिएकोहुँदा यस वर्ष कोभिड–१९ को जोखिमबाट बच्न मेलामा भिडभाड नगर्न तथा भिडभाड बढ्ने खालको व्यवसायजन्य क्रियाकलाप नगर्न देवघाट गाउँपालिकाले सर्वसाधरणलाई अनुरोध गरेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि भिडभाड नगर्न तथा धार्मिक तथा ऐतिहाँसिक पर्वहरु घरमै बसी सुरक्षित साथ मनाउन अनुरोध समेत गरिएको छ । गाउँपालिकाले कोरोनाको संक्रमणको जोखिमबाट बच्न र यसको न्युनिकरणकोलागि सहयोग गर्न सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी

मुग्लिन–गाईघाट–दासढुङ्गा ठिमुरा–गैडाकोट सडकको लागि बजेट माग

देवघाट । बैशाख १२ देवघाट गाउँपालिका वडा नम्बर ५ कार्यालयले मुग्लिन–गाईघाट–दासढुङ्गा ठिमुरा–गैडाकोट सडक (मुग्लिन–नारायणगढ सडकको