देवघाटको जनसंख्या एक हजार पाँच सय सयले घट्यो, कुल जनसंख्या १४ हजार ५ सय ८४

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
देवघाट, चैत ११
देवघाट गाउँपालिकामा २०६८ को साल भन्दा २०७८ सालमा जनसंख्या घटेको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजानिक गरेको देशभरको जनसंख्या विवरण अनुसार देवघाट गाउँपालिकामा २०६८ भन्दा २०७८ को जनसंख्या १ हजार ५ सय ४७ ले घटेको हो ।

२०६८ मा देवघाट गाउँपालिकाको जनसंख्या १६१३१ रहेको थियो । तर २०७८ को जनगणना अनुसार उक्त गाउँपालिकाको जनसंख्या घटेर १४५८४ पुगेको छ । जनसंख्या घटेपनि परिवार संख्या भने यो विचमा बढेको छ । २०६८ मा देवघाट गाउँपालिकामा ३४३५ परिवार संख्या रहेकोमा २०७८ मा ३६७० पुगेको विभागको तथ्यांकमा जनाईएको छ ।

२०७८ को जनगणना अनुसार देवघाटमा पुरुषको संख्या ६९७३ र महिलाको संख्या ७६११ रहेको छ । त्यस्तै परिवारको औषत आकार ३.९७ प्रतिशत रहेको छ भने लैंङ्गिक अनुपात ९१.६२ प्रतिशत रहेको जनाईएको छ । गाउँपालिकामा विार्षिक जनसंख्या बृद्धिद माईनस ०.९७ प्रतिशत घटेको छ । जनघनत्व भने ९२ रहेको छ । देवघाट गाउँपालिकाको साक्षरता प्रतिशत ७५.४२ रहेको छ । जसमा पुरुष को साक्षरता प्रतिशत ८४.२० र महिलाको ६७.४८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध