निर्वाचनमा विजयी हुन एक ढिक्का भएर लाग्नु पर्छः डा.कोइराला

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ४

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले उपनिर्वाचनमा विजयी हुन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ता एकढिक्का भएर लाग्न आग्रह गरेका छन् । भानु नगरपालिका–२ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै डा.कोइरालाले नेता तथा कार्यकतालाई एक ढिक्का भएर निर्वाचनको तयारीमा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुनु आग्रह गरे ।

डा.कोईरालाले गुटबन्दीरहित बनाएर एकतावद्ध रुपले अघि बढेर आगामी निर्वाचनमा तनहुँको विराशतलाई कायम राख्नु पर्ने बताए । पार्टीभित्र असन्तुष्टि रहे पनि पार्टीलाई एकतावद्ध भएर कांग्रेस अघि बढिरहेको उनको भनाई थियो । तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकताले बिर्सिएर निर्वाचनमा एकढिक्का हुनुपर्ने उनले बताए । गोविन्द भट्टराई राजनीतिमा समर्पित त्यागी, इमानदार अवसर नपाएको नेता भएको र तनहुँको विकास ठुलो योगदान दिएको नेता भएकोले पार्टीले टिकट दिएको कोइरालाले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा.स्वर्णिम वाग्लेप्रति इङ्गित गर्दै कोईरालाले ‘सावधान हुनु होला अवसरवादीहरूबाट जोगिनुहोला, तनहुँको राजनीतिक विरासतलाई कायम राख्न गोविन्द भट्टराईलाई जिताउनुपर्छ’ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण