चुनावी अभियान कमजोर बनेपछि भट्टराईलाई जिताउन गठबन्धनका शिर्ष नेता तनहुँमा

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन
दमौली, बैशाख ५

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट उम्मेदबार बनेका गोविन्द भट्टराईलाई जिताउन सिङ्गो राज्य संयन्त्र नै परिचालित भएको छ । चुनाव नजिकिँदै जादा भट्टराईको चुनावी अभियान झन झन कमजोर बन्दै गएपछि सत्ता गठबन्धनका शिर्ष नेताहरु तनहुँ आएका छन् । गठबन्धनका शिर्ष नेताहरुको आगमनलाई हेर्दा तनहुँको उपनिर्वाचनको परिणाम अव उम्मेदबार गोविन्द भट्टराईको मात्र जित हारको सवाल रहेन । उनी हार्दा उनी एक जना मात्र नभई सिङ्गो सत्ता गठबन्धन नै हार्ने र त्यसले सरकारको निरन्तरतामा नै प्रश्न उठ्ने भन्दै गठबन्धनका शिर्ष नेताहरुले जसरी पनि भट्टराईलाई जिताउन आफु सम्बद्ध कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

भट्टराईलाई सघाउन नेपाली काँग्रेसका उपसभापती धनराज गुरुङ्ग, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता प्रकाशमान सिंह, शेखर कोईराला, उदय शमेशर राणा, प्रदिप पौडेल, मानबहादुर विश्वकर्मा तथा नेकपा माओवादीका महासचिव देव गुरुङ्ग, माओवादीका नेताहरु हरिबहादुर चुमान लगायतका नेताहरु खटिएका छन् । उनीहरुले गठबन्धनका कार्यकर्ताहरुलाई जुनसुकै हालतमा गठबन्धनको उम्मेदबारको जित हुनु पर्ने भन्दै त्यसै अनुसार काम गर्न निर्देशन दिएका छन् ।

सत्ता गठबन्धनका नेताहरुको बढ्दो चलखेललाई हेर्दा निर्वाचनको निश्पक्षतामाथी नै प्रश्न उठ्न थालेको छ । आईतबार दमौलीमा आयोजित चुनावी सभामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार स्वर्णिम वाग्लेलले निर्वाचनको निश्पक्षतामाथि नै प्रश्न उठ्न थालेको बताए । उनले आफु विरुद्ध सिङ्गो राज्य संयन्त्र नै परिचालित भएको हुँदा अव जनताको खबरदारी नै मुख्य आवश्यक भएको बताएका थिए । वाग्लेले मतदान स्थल, मतपेटिका र मतगणनास्थलको निरन्तर रखवारी गर्न आफ्ना समर्थकहरुलाई आग्रह गरेका थिए ।

भट्टराईको जितहारसँग सत्तागठबन्धनको अस्तित्व गाँसिएको हुँदा निर्वाचनको निश्पक्षतामाथि नै शंका उब्जिएको एमालेका एक नेताले बताए । सत्ता गठबन्धनले राज्य शक्तिको व्यापक दुरुपयोग गरेर निर्वाचन प्रभावित पार्ने प्रयास गरेको ति नेताले बताए । राष्ट्रपतीको निर्वाचन क्षेत्र भएको हुँदा पनि तनहुँ १ को निर्वाचन परिणामलाई लिएर देश भित्र मात्र नभई अन्तराष्ट्रिय शक्तिहरुले पनि चासोका साथ हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म