माल्टामा रहेका नेपाली मजदुर समूहबाट मृगौला पीडितलाई आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

माल्टा,अगष्ट २२

रोजगारीका सिलसिलामा युरोपको माल्टामा हरेका नेपाली मजदुरहरुको समुहले दुई मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् ।गत ९ महिना अघि युएइबाट माल्टा आएका तेज विक्रम खड्काले ह्वाट्एप समूह बनाई रकम संकलन गरेका हुन् ।

समूहबाट नेपाली सत्तरी हजार रुपैयाँ संकलनगरी नेपाल काठमाडौंकी दिल माया थापा मगर र दाङका नरेन्द्र बहादुर जिसिलाई जनही सैतीस हजार पाँच सय,सैतीस हजार पाँच सय उपचारको सहयोग गरिएको समूह सञ्चालक खड्काले जानकारी दिएका हुन् ।

विगत केही बर्ष देखी मृगौला फेल भएको दुई जनाकै आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा समस्या हुँदा परिवारले सहयोगको अपिल गरेसँगै माल्टा रहेको नेपाली मजदुरहरुले रकम जुटाइएको उनको भनाई छ ।

माल्टामा नेपालीहरुको समस्याहरुमा सहयोग पुग्ने देखेर यस समूहको निर्माण गरेको उनी बताउछन् । हाल सम्म यस समूहबाट माल्टामा समस्यामा रहेका नेपालीहरुको समस्या समाधानमा सहयोग पुग्दै आइरहेकाले अझै साथीहरुलाई यस समूहमा जोडिन समेत खड्काले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण