अबैध लागू औषध गाँजा सहित दुई जना पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, भदौ २७

अबैध लागू औषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । मंगलबार आँबुखैरेनी गाउँपालिका–४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग.२ ख. ७५७ नं. को (काठमाण्डौ–पोखरा) चल्ने यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार कास्की जिल्ला पोखरा महानगरपालिका–९ बस्ने २६ बर्षिय सन्जय केसी र सोही ठाउँका २३ बर्षिय ईश्वर नेपालीको झोला भित्र १ केजी. ९०० ग्राम अबैध लागु औषध गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उक्त बरामद भएको हुँदा लागु औषध सहित पक्राउ परेका आरोपितहरुलाई तनहुँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र