बन्दिपुरमा निशुल्क स्वास्थ्य शिविर हुने

Devghat Online

शेयर गरौ

बन्दिपुर, कार्तिक १०

यही कार्तिक १२ देखी १६ गतेसम्म बन्दिपुरमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बन्दिपुर गाउँपालिका, बन्दिपुर अस्पताल र बिकोल फाउन्डेशन अमेरिकाको संयुक्त आयोजनामा बन्दिपुर अस्पतालमा बृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।

उक्त शिविरमा नेपाली र अमेरिकन चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्नेछन् । शिविर अन्तर्गत कार्तिक १२ र १३ गते आँखा जाँच तथा औषधी वितरण हुनेछ । आँखा परिक्षणमा यदी मोती बिन्दुको शल्यक्रिया गर्नु परेमा कार्तिक १८ गते दृष्टि अस्पताल पोखरा र मंसिर ७ गते भानु नपा २ नारेश्वरटारमा निशुल्क शल्यक्रिया गरिने बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

यसैगरि १२ र १३ गते नै नाक, कान र घाँटीको निशुल्क परिक्षण र औषधी वितरण हुनेछ । यदी नाक, कान र घाँटीको शल्यक्रिया गर्नु परेमा त्रिवि शिक्षण अस्पताल काठमाडौंमा निशुल्क शल्यक्रिया गरिने छ ।

यस्तै कार्तिक १२ र १३ गते नै स्त्रि रोग विशेषज्ञद्वारा स्वास्थ्य परिक्षण हुनेछ । यसैगरि १२ देखी १६ गतेसम्म अमेरिकन तथा नेपाली जनरल फिजिसियनद्वारा स्वास्थ्य परिक्षण र औषधी वितरण हुने गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो