कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण नगरेसम्म फड्को मार्न नसकिने: सांसद श्रेष्ठ

Devghat Online

शेयर गरौ

बारा, पुस ३

प्रतिनिधि सभा बारा क्षेत्र नम्बर ४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले जबसम्म हामीले कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्न सक्दैनौँ तबसम्म नेपालले कृषिमा फड्को मार्न नसक्ने बताएका छन् । यो कुरा आफुले विगत लामो समयदेखि उठाउँदै आएको भन्दै श्रेष्ठले कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्न नसक्दा अबको पुस्ताले कृषिमा भविष्य देख्न छोड्ने सम्भावना रहेको बताए ।

बारा–४ स्थित कृषि अनुसन्धान निर्देशनालय, परवानीपुरमा ‘तराई क्षेत्रका युवा उद्यमी किसान र बेरोजगार युवाका लागि राष्ट्रिय स्तरको ७ दिने आवासीय कृषि यान्त्रिकरण तालिम’ समापन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले यसले पक्कै पनि मधेशका युवालाई दक्ष कृषक बन्न प्रेरणा मिलेको छ भन्नेमा विश्वस्त रहेको बताए।

‘सातदिन दिनसम्म जो–जो प्रशिक्षित हुनुभएको छ, सम्पूर्णलाई बधाई दिन चाहन्छु’ सांसद श्रेष्ठले भने ‘तपाईंहरुले सिकेको सीपलाई समाजका अन्य युवावर्गलाई पनि प्रवाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

यसैगरी, कृषकको आम समस्यालाई स्थायी समाधानका लागि परिणाममुखी पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त श्रेष्ठले व्यक्त गरे । साथै, युवालाई कृषि उद्यममा लाग्नका लागि उत्प्रेरित गर्न आयोजक कृषि अनुसन्धान केन्द्रले जुन तालिमको आयोजना गरेकोमा अनुसन्धान केन्द्रलाई धन्यवाद दिए ।

यही मौकामा कृषि यान्त्रिक औजारको समेत अवलोकन गर्ने अवसर प्रदान गरेकोमा केन्द्रप्रति आभारी रहेको बताउदै पर्व मन्त्री समेत रहेका श्रेष्ठले अब यी औजारलाई कृषकको पहुँचसम्म पुर्याउनका लागि आवश्यक पहल गर्नेसमेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र