विद्यार्थी कुटपिट गरेको घटना प्रति सत्यवती माविको आपत्ती

Devghat Online

शेयर गरौ

दमौली, पुस ३

व्यास नपा २ स्थित सत्यवती माविले राष्ट्रपती रनिङसिल्ड प्रतियोगितामा सहभागी हुने क्रममा आफ्ना विद्यार्थी माथी भएको कुटपिट र सांघातिक हमला प्रति आपत्ती जनाउँदै उक्त घटनाको भत्र्सना गरेको छ ।

मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गरि सत्यवती माविले मंसिर ३० गते देखी व्यास नपा १ स्थित निर्मल माविको खेलमैदानमा सन्चालन भएको पाँचौं व्यास नगर स्तरीय राष्ट्रपती रनिङसिल्ड प्रतियोगिता अन्तर्गत पुस २ गते सोमबार सत्यवती र निर्मल मावि छात्र कबड्डी खेलको फाईनल भईरहेको समयमा आयोजक निर्मल माविका शिक्षक र प्रशिक्षकहरु प्रवेश गरि सत्यवती माविका विद्यार्थी सनी गुप्ताको दायाँ आँखाको तलपट्टि चोट पर्ने गरि सांघातिक हमला गरेको, घाँटिमा समाई मुक्का प्रहार गरेको र शान्तिपुर्ण रुपमा चलिरहेको खेल अवरुद्ध गर्ने र खेलाडीहरुमाथि आक्रमण गर्ने जस्ता कार्य गरेको जनाईएको छ ।

सत्यवती माविका व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्ले र प्रअ पुष्पकला भट्टराईद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको निश्पक्ष छानविन गरि घटनाबारे यथार्थ जानकारी दिन र आउने दिनमा शान्तिपुर्णरुपमा खेल खेल्ने वातावरण सिर्जना गर्न पनि सम्बन्धित निकाय समक्ष अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक