देवघाटको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आदर्श मावि प्रथम

Devghat Online

शेयर गरौ

देवघाट, पुस ३

देवघाट गाउँपालिकाको संरक्षकत्व र देवघाट युवा तथा खेलकुद बिकास संस्थाको आयोजनामा आदर्श माविमा सम्पन्न विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा वडा नम्बर २ को आदर्श शिक्षा मावि खाल्टे प्रथम भएको छ ।
आदर्श माविले ५ स्वर्ण, ३ रजत र ४ कास्य गरि १२ पदकका साथ गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी चुमेको हो ।

सो प्रतियोगितामा देवघाट गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरु पार्वती मावि देवघाट १ कोटा, आदर्श शिक्षा मावि देवघाट २ खाल्टे, काली गंगा मावि देवघाट २, वालकेश मावि देवघाट ३ छिपछिपे, भृकुटी मावि देवघाट ३ सारङ्गघाट, बज्रयोगीनी मावि देवघाट ५, कालिका मावि देवघाट ५ र सिद्धमहाकाली मावि देवघाट ५ गरी ८ सामुदायिक विद्यालयको सहभागीता रहेको थियो ।

प्रतियोगितामा भलिबल, एक सय मिटर दौड, दुई सय मिटर दौड, चार सय मिटर दौड, सटपुट, हाइजम्प, लङ्गजम्प, ज्याभलिङ्ग थ्रो गरी ८ विधामा खेल आयोजना गरिएको थियो ।

विजयी विद्यालय तथा विद्यार्थीहरुलाई गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख होमनाथ लामिछाने र देवघाट युवा तथा खेलकुद बिकास संस्थाका पुर्व अध्यक्ष रोशन श्रेष्ठ, वर्तमान अध्यक्ष अमर बहादुर फेवालीले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण