आबुँखैरेनी अस्पतालमा बृहत निशुल्क स्वास्थ्य शिविर हुने

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, पुस ४

आबुँखैरेनी गाउँपालिकाको आयोजना तथा आबुँखैरेनी अस्पतालको व्यवस्थापनमा यही पुस ७ गते शनिबार आबुँखैरेनी अस्पतालमा बृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

नेपाल प्रगतिशिल चिकित्सक संघ गन्डकी प्रदेश तथा प्रगतिशिल स्वास्थ्यकर्मी महासंघ नेपाल गन्डकी प्रदेशको प्राविधिक सहयोगमा हुने सो स्वास्थ्य शिविरमा हाडजोर्नी, फिजिसियन, स्त्रीरोग, नाक कान र घाँटी, दन्त सेवा र पेट, छाती तथा मुटुरोग सम्बन्धी स्वास्थ्य परिक्षण हुने भएको छ ।

सो स्वास्थ्य शिविरमा पेट, छाती तथा मुटुरोग सम्बन्धी विशेषज्ञ डा.बुद्धिबहादुर थापा, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.दिनेशकुमार विक र सरोजचन्द्र दाहाल, नाक, कान र घाँटी सम्बन्धी विशेयज्ञ डा.विक्रम बाबु कार्की, महिला तथा स्त्रीरोग विशेषज्ञ डा. कालिका भण्डारी तथा आबुँखैरेनी अस्पतालका चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्ने छन् ।

शिविरमा निशुल्क एक्से, भिडियो एक्सरे, ल्याव सेवा तथा औषधी समेत निशुल्क उपलब्ध गराईने आवुँखैरेनी अस्पतालले जनाएको छ ।

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उक्त बृहत स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गरि लाभ लिनु हुन आँबुखैरेनी गाउँपालिकाबासी तथा आसपासका स्थानीय तहमा बसोबास गर्ने नागरिकलाई अनुरोध गरेका छन् । नागरिकको स्वास्थ्यकोलागि आबुँखैरेनी गाउँपालिकाले आयोजना गरेको यो शिविरमा सहभागी हुन अध्यक्ष चुमानले सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक