व्यास र म्याग्देका सहकारी सन्चालकलाई तालिम

Devghat Online

शेयर गरौ

दमौली, पुस ५

सहकारी रजिस्ट्रार कार्यालय गन्डकी प्रदेशको आयोजना तथा जिल्ला सहकारी संघ तनहुँको ब्यवस्थापनमा व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका सहकारीका सन्चालकहरुकोलागि मंगलबारदेखी दमौलीमा सहकारी व्यवस्थापन सम्बन्धी तालिम सन्चालन गरिएको छ ।

व्यास बचत तथा ऋण सहकारी संस्थाको सभाकक्षमा भएको सो तालिममा सहकारी रजिस्ट्रारको कार्यालय पोखराका रजिस्ट्रार भेषराज रिजाल, कार्यलयकी इन्दिरा ढकाल, जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदिपराज अधिकारी लगायतले प्रशिक्षण दिएका छन् ।

शुक्रबारसम्म चल्ने सो तालिममा व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा सन्चालित ३३ वटा सहकारीका प्रतिनिधिहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध