मुखमा टेप टाँसेर प्रदर्शनमा उत्रिएका डा.केसी पक्राउ

शेयर गरौ

 

काठमाडौं । चारबुँदे माग राखेर काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका डा.गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

उनले प्रचण्डको सरकारले तानाशाही प्रवृत्ति देखाउँदै सार्वजनिक स्थलमा भेला भएर प्रदर्शन गर्न पाउने संविधानप्रदत्त अधिकार खोसेर नागरिकको मुख थुन्न खोजेको भन्दै प्रदर्शन गरेका थिए । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

‘सार्वजनिक क्षेत्रका सेवा प्रदायक संस्थाहरु धराशायी हुने अवस्थामा छन् । नेताहरुले भने तिनलाई डुबाएर नाफाखोरी गर्ने निजी क्षेत्रका सीमित माफिया र अपराधीहरुसित साँठगाँठ गरिरहेका छन् । यस्तो अवस्थामा आम मानिस विरोध र प्रदर्शनमा उत्रनु स्वभाविक हो । लोकतन्त्रमा यो हामी नागरिकको आधारभुत अधिकार पनि हो । तर प्रचण्डको सरकारले तानाशाही प्रवृत्ति देखाउँदै सार्वजनिक स्थलमा भेला भएर प्रदर्शन गर्न पाउने हाम्रो संविधानप्रदत्त अधिकार समेत खोसेर नागरिकको मुख थुन्न खोजेको छ,’ डा.केसीद्धारा जारी विज्ञाप्तीमा लेखिएको छ ।

उनले विगतमा भएका सहमति पालना गनुपर्ने, निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पु¥याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अगाडि बढाउनुपर्ने माग अघि सारेका छन् ।

मुखमा टेप लगाएका उनले हातमा आफ्ना मागहरु राखिएको प्लेकार्ड बोकेका थिए । तर निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । केसीसहित पवन थापालगायत युवा अभियन्ताहरु प्रहरी नियन्त्रणमा छन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको