टुँडीखेलमा हुने माघी महोत्सवका लागि स्टल बुकिङ खुल्ला

शेयर गरौ

२४ पुस, काठमाडौँ । काठमाडौँको टुँडिखेलमा थारू राष्ट्रिय माघी महोत्सवको लागि स्टल बुकिङ खुल्ला भएको छ ।

पुस २९ र माघ १ गते हुने माघी महोत्सवका लागि स्टल खुल्ला भएको माघी महोत्सवका स्टल संयोजक चन्द्रप्रकाश चौधरीले बताए ।

उनका अनुसार महोत्सवमा स्टल राख्नका लागि हालसम्म ४० वटा बुक भइसकेको छ भने थप स्टलहरू पुस २७ गतेसम्म बुकिङका लागि खुल्ला रहनेछ ।

महोत्सवमा थारु खानपीन, हस्तकला, पुस्तक प्रर्दशनीका करिब १०० वटा स्टलहरु रहने उनले जानकारी दिए । जसमा  थारु जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री,  अन्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरही, भुजा, अन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुँगुर/बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा (मसुलार), आलू सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झझ्रा रोटी लगायतका परिकार पाउनेछन् ।

थारुहरुको मातृसंस्था थारु कल्याणकारिणी सभाले अगुवाइ गरेर काठामाडौंमा विगत २० वर्षदेखि माघी पर्वलाई महोत्सवको रुपमा मनाउँदै आएको छ । जसमा थारू विद्यार्थी समाज, थारू महिला समाज, थारू पत्रकार संघ. थारू सांस्कृतिक संघलगायतका २० बढी सामाजिक संस्थाहरूले संयुक्त रुपमा साथ दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको