विद्येश्वर मन्दिरको वार्षिकोत्सव, सरस्वती पूजा एवं रथयात्रा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, फागुन २

देवघाट गाउँपालिका–५ स्थित महेश सन्यास आश्रम परिसरमा रहेको विद्येश्वर महादेवको मन्दिरको १९ औं वार्षिकोत्सव तथा सरस्वती पुजा कार्यक्रम बुधबार भव्यरुपमा सम्पन्न भएको छ ।

महेश सन्यास आश्रमका पिठधीश श्री १००८ स्वामी रमणानन्द गिरी महाराजको सान्निध्य एवं अगुवाइमा तथा अन्य विशिष्ट सन्त महात्माहरु संस्कृत गुरुकुलका प्राचार्य एवं गुरुहरु छात्रहरु, अन्नदाता तथा भक्तजनहरु उपस्थितीमा वार्षिकोत्सब पूजा एवं रुद्राभिषेक गरि आश्रम परिसरमा वैदिक विधिद्वारा सरस्वती पूजन कार्यक्रम आयोजना गरिएको थियो ।

सो पुजन कार्यक्रम सम्पन्न पश्चात विद्येश्वर भगवानको रथयात्रा समेत गरिएको थियो । रथयात्रा विद्येश्वर मन्दिरको परिक्रमा गरि मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम मन्दिर हुँदै कालीगन्डकी किनारमा गई भगवानको प्रतिमालाई जलाभिषेक गरि पुनः विद्धेश्वर मन्दिरमा मा प्रवेश गराइएको थियो ।

उक्त सम्पुर्ण कार्यक्रमको सन्चालन तथा सहजीकरण महेश संस्कृत गुरुकुलका प्रधानाचार्य उप प्राध्यापक फणीन्द्र प्रसाद पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण