भोलीदेखी एसईई परिक्षा, तनहुँमा ५४६२ परिक्षार्थी

Devghat Online

शेयर गरौ

दमौली, चैत १४

आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सन्चालन हुने भएको छ । परिक्षाको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परिक्षा चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । परिक्षाको सम्पूर्ण तयारी पूरा भएको तथा प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला जिल्ला पु¥याइएको बोर्डले जनाएको छ ।

एसईई परिक्षाकालागि तनहुँमा २६ परिक्षा केन्द्र तोकिएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले परिक्षा केन्द्रहरु निर्धारण गरेको हो । तनहुँका परिक्षा केन्द्रहरुमा व्यासको निर्मल मावि दमौली, जलदेवी मावि भादगाउँ, सत्यवती मावि दमौली, बालमन्दिर मावि दमौली, महर्षी संस्कृत बेदव्यास मावि दमौली, चन्डीदेवी राष्ट्रिय मावि कुमालटारी र क्यामिन मावि कलेस्ती, म्याग्देको मिन मावि थर्पु, शुक्लागन्डकीको सरस्वती नमुना मावि खैरेनीटार, खैरेनी मावि खैरेनीटार, जनकल्याण मावि बेलचौतारा, पन्चमुनी मावि दुलेगौंडा, हंस बाहिनी मावि कोत्रे र गाउँफर्काेदय मावि ढोरफिर्दी रहेका छन् ।

यसैगरि भिमादको जनज्योती मावि भिमाद र धर्म मावि भिमाद, घिरिङको चन्द्रज्योती मावि घिरिङ, ऋषिङको शिव सरस्वती मावि ऋषिङ, बन्दिपुरको विष्णु मावि नाहाला, पवित्रा मावि पिप्ले र भानु मावि बन्दिपुर, भानुको होरालो शारदा शिक्षा सदन मावि नारेश्वरटार, चोक मावि रामपुरेटार र चन्द्रावती मावि टुहुरेपसल आबुँखैरेनीको मित्रता मावि सत्रसय र देवघाटको महेश संस्कृत गुरुकुल विद्यापिठ देवघाट रहेका छन् । एसइई परिक्षामा तनहुँबाट ५४६२ परिक्षार्थी रहेका छन् ।

देशभर भने सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रकको कार्यालयले जनाएको छ ।

परीक्षाका लागि कार्यालयले देशरभ दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको छ ।सबैभन्दा कम मनाङ, मुस्ताङमा एक÷एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । त्यसैगरि जापानबाट २३ जना सहभागी हुने परीक्षा नियन्त्रकको कार्यालयले जनाएको छ । जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू