भरतपुर, चैत १८
व्यास नपा–७ तनहुँका २९ बर्षिय प्रकाश पन्त गतसातादेखी माल्टाबाट वेपत्ता भएका छन् ।



गत मार्च २५ तारिख (नेपाली पात्रो अनुसार गत चैत १२ गते) दिउँसो करिब १ बजे आफ्नो कोठा नजिकै साथीको कोठामा खाना खान गएका र खाना खाएर साथीको कोठाबाट घर जान्छु भनेर हिडेका पन्त अहिलेसम्म परिवारको सम्पर्कमा नआएको माल्टाबाट देवघाट अनलाइनका सम्पादक प्रकाश बगालेले जानकारी दिएका छन् ।
पन्त वेपत्ता भएपछि परिवारले प्रहरीमा खबर गरिसकेको छ भने सबैतिर उनको खोजी भईरहेको बगालेले जानकारी दिएका छन् । व्यास नपा–७ का बाबुकाजी पन्तका छोरा प्रकाश रोजगारीको क्रममा माल्टामा थिए ।
पन्तको परिवारले माल्टाबासी कसैले उनलाई देख्नु भए उनको परिवार वा प्रहरीलाई सम्पर्क गरेर सहयोग गरिदिनुहार्दिक अनुरोध गरेको छ साथै परिवारको सम्पर्क नम्बर +356 7730 0997 मा सम्पर्क गरिदिनुहुन उनकी पत्नि रविना पन्तले अनुरोध गरेकी छिन् ।












